कोरोना खोपको प्रयोगका लागि फाइजरलाई अनुमतिको तयारी

कोरोना खोपको प्रयोगका लागि फाइजरलाई अनुमतिको तयारी
शनिबार, मंसिर ६, २०७७

काठमाडौं– अमेरिकामा कोरोना संक्रमितलाई खोप दिन औषधि निर्माता कम्पनी फाइजर र उसको सहयोगी बायोटेकलाई अनुमतिको तयारी भएको छ ।

अनुमतिका लागि फाइजरले अमेरिकी खाद्य एवं औषधि प्रशासन ९एफडीए०मा आवदेन दिएको छ ।

यो खोपको परीक्षणको क्रममा ६५ वर्ष भन्दामाथिका ९४ प्रतिशतमा प्रभावकारी देखिएको दाबीसँगै उसलाई अनुमति दिने तयारी भएको हो । यद्यपि अमेरिकी खाद्य एवं औषधि प्रशासन ९एफडीए०ले यस कम्पनीको खोप सुरक्षित छ कि छैन भनेर निर्धारण गर्न बाँकी नै छ ।

उसले यसको परीक्षण गरेर डिसेम्बर दोस्रो सातासम्म खोपको अनुमति दिने अपेक्षा गरिएको छ । फाइजरले तयार पारेको खोप परीक्षण गरिएका ४१ हजार जनामध्ये ९४ प्रतिशतलाई ठीक भएको दाबी गरिएको थियो ।