सिरहामा पेस्तोलसहित एक युवक पक्राउ

सिरहामा पेस्तोलसहित एक युवक पक्राउ
शनिबार, मंसिर ६, २०७७

सिरहा । प्रहरीले प्रहरीले सिरहामा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा रहा औरही गाउँपालिका–५ जगदेव बाबा पोखरीमा छठ बनाउन गएको २२ वर्षीय रविन दास रहेका छन् ।

शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा पुरानो रिसिईबीको कारण आफ्ना छिमेकी ४२ वर्षीय बिनोद यादवलाई आक्रमण गर्ने योजनाअनुसार रविन छठको घाटमा पेस्तोल बोकेर पुगेका थिए ।

सोही क्रममा रविनले पेस्तोल निकालेर विनोदको कन्चटमा ताकेको स्थानीयले देखेलगत्तै नजिकैको प्रहरी चौकी औरहीमा जानकारी गराएपछि उनलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले बताए ।

प्रवक्ता शर्माका अनुसार रविन दासलाई औरही–५ स्थित जगदेवी बाबा पोखरीबाट हतियारसहित पक्राउ गरिएको हो । दासको साथबाट एक राउण्ड गोली लोड गरिएको एउटा कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने थप २ राउण्ड गोली पनि बरामद भएको शर्माले बताए ।