थपिए १६७४ जना कोरोना संक्रमित, २३२३ संक्रमणमुक्त

थपिए १६७४ जना कोरोना संक्रमित, २३२३ संक्रमणमुक्त
शनिबार, मंसिर ६, २०७७

काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा १६७४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ ।

हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २३२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ९३ हजार ३२५ पुगेको छ ।

यस्तै थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३०५ पुगेको छ ।