ट्याक्टर र मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु, बाबुछोरी घाइते

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु, बाबुछोरी घाइते
आइतवार, मंसिर ७, २०७७

महेन्द्रनगर- गएराति कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु भएको छ।

कृष्णपुर-३ वाणी देखतभुली मार्गमा से. १ त ९५३३ नम्बरको ट्याक्टरले म. १ प ६७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय रामेश्वरी जोशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक डम्बरदेव जोशीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकलमै सवार १५ वर्षीया ममता जोशीलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।