नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, मृतक संख्या १३२१ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, मृतक संख्या १३२१ पुग्यो
आइतवार, मंसिर ७, २०७७

काठमाडौं-नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३२१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको
छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ । जसमध्ये १९ हजार ९६३ सक्रिय संक्रमित छन् ।

त्यस्तै थप ५६९९ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ ।