साताको पहिलो दिन आज करिब ७ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार

साताको पहिलो दिन आज करिब ७ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार
आइतवार, मंसिर ७, २०७७

काठमाडौँ- साताको पहिलो दिन आइतबार करिब ७ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

बिहीबार ६ अर्ब ११ करोडको शेयर कारोबार भएर नयाँ रेकर्ड कायम भएकोमा आइतबार सो रेकर्ड तोड्दै करिब ७ अर्बको शेयर किनबेच भएको हो ।

आज २०१ कम्पनीका १ करोड ५९ लाख ६५ हजार ५२६ कित्ता शेयर ६ अर्ब ८७ करोड ८७ लाख ८७ हजार रुपैयाँको शेयर किनबेच भएको हो ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उप समूहका सूचकहरुमध्ये आइतबार ३ वटा उप समूहको शेयर बढेको छ भने बाँकी ९ वटा उप समूहको शेयर घटेको छ ।

बिहीबार १ करोड ५९ लाख ६५ हजार ५२६ कित्ता शेयर कारोबार भएको छ। यसअघि बिहीबार १ करोड ४० लाख ६२ हजार ५०७ कित्ता शेयर कारोबार भएका थियो ।