सुपथ मूल्य पसल माघसम्म सञ्चालन

काठमाडौं । चाडपर्वलाई ध्यानमा राख्दै सञ्चालित सुपथ मूल्यका पसल आगामी माघसम्म सञ्चालन हुने भएको छ ।
सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले माघ २ गतेसम्म पसल सञ्चालन गर्ने भएको हो ।
सरकारले खाद्य कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानलाई गत असोज १५ देखि मङ्सिर ७ गतेसम्म सहुलियत मूल्यमा उक्त पसल सञ्चालनको अनुमति दिएको थियो ।
सरकारले दिएका समयमा कम्पनीको लक्ष्यानुसार सामग्री बिक्री नभए पनि कोरोना महामारीका समयमा खाद्य वस्तु अभाव हुन नदिन सहुलियत मुल्यका पसल सञ्चालनको अवधि थप गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार सरकारले तोकेको सहुलियत मूल्यमा नै माघ २ सम्म २९ वटै बिक्री केन्द्रबाट सहुलियत मूल्य पसल सञ्चालन हुनेछ ।
काठमाडौँ उपत्यकाका पाँच स्थानसहित कम्पनीको शाखा कार्यालय रहेका जिल्लामा उक्त पसल सञ्चालन हुने कम्पनीले जनाएको छ । कम्पनीमा रहेका सामग्रीसहित साल्ट कर्पोरेशनले दिएको चिनी बिक्री हुँदै आएको छ ।
काठमाडौँ उपत्यकाका पाँच स्थानमा राखिएको सुपथ मूल्य पसलमा साढे १० हजार क्विन्टल खाद्यान्न बिक्री भएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए । उनका अनुसार सुपथ मूल्यका पसलमा सबैभन्दा धेरै चामल बिक्री भएको छ ।
खाद्य कम्पनीले समय थप गरे तापनि साल्ट कर्पोरेशन र दुग्ध संस्थानले समय थपको कुनै निर्णय नभएको बताएका छन् । कर्पोरेशनका सूचना अधिकारी कुमारराज भण्डारीले सरकारले दिएको निर्देशनानुसार सुपथ मूल्यका पसल सञ्चालन गरिएको बताए ।
चाडपर्वलाई ध्यानमा राख्दै सरकारले तोकेको समय र मूल्यमा पसल सञ्चालन गरिएको हो, सरकारको निर्देशन नआएसम्म सहुलियत मूल्यका पसल सञ्चालन हुँदैन”’, उनले भने, “सरकारले दिएको छुटबाहेक कर्पोरेशनले काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा बाह्रै महिना पसल सञ्चालन गर्दै आएको छ।” सरकारले तोके अनुसार खाद्य कम्पनीले माघ २ गतेसम्म रु १८ मा नून, रु ७० मा चिनी, रु ८७० मा घ्यू तथा प्रतिकिलो रु पाँच छुटमा चामल, दाल, फापर, तीते फापर र सेतो केराउ बिक्रीवितरण गर्नेछ।
-
माउन्ट के टू को सफल आरोहणले देशको गौरव बढाएको छ : प्रधानमन्त्री
-
स्काउटको सहकार्यमा ट्राफिक स्वयंसेवक परिचालन
-
नेता नेपालले भने– ओलीले चुनाव चिन्ह ‘बयलगाडा’ राखुन्, सूर्य हाम्रो हो
-
कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
-
थप ३०३ जनामा कोरोना पुष्टि
-
सेयर बजार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
-
राजदूत शाक्यले लगाईन कोरोनाविरूद्धको पहिलो खोप
-
सर्वोच्चमा प्रधानमन्त्री ओलीविरूद्ध अपहेलना मुद्दा दर्ता
-
धनुषाको सीमावर्ती क्षेत्रबाट सात वर्षीया बालिकाको उद्धार
-
महिला लिग फुटबल : पुलिस र वालिङले बराबरी खेल्दै अंक बाडे
-
विप्लव समूहका विद्यार्थी नेता श्रेष्ठ चितवनबाट पक्राउ
-
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
-
‘केटू’ हिमाल आरोहण गर्ने आरोहीलाई काठमाडौंमा स्वागत
-
भारतले ७२ औँ गणतन्त्र दिवस मनाउँदै
-
राष्ट्रिय एकद्वार प्रणाली आजदेखि शुरु गरिँदै
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ६ गते मंगलबार )
-
पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ८ गते विहीबार )
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १२ गते सोमबार)
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १० गते शनिबार)
-
यस्तो देखियो मुख्यमन्त्री राई र मोडल शेर्पाबीचको विवाहको रौनक, जहाँ कलाकारदेखि प्रधानमन्त्रीसम्म थिए उपस्थित (फोटोफिचर)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक
-
माउन्ट के टू को सफल आरोहणले देशको गौरव बढाएको छ : प्रधानमन्त्री
-
स्काउटको सहकार्यमा ट्राफिक स्वयंसेवक परिचालन
-
नेता नेपालले भने– ओलीले चुनाव चिन्ह ‘बयलगाडा’ राखुन्, सूर्य हाम्रो हो
-
कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
-
थप ३०३ जनामा कोरोना पुष्टि
-
सेयर बजार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
-
राजदूत शाक्यले लगाईन कोरोनाविरूद्धको पहिलो खोप
-
सर्वोच्चमा प्रधानमन्त्री ओलीविरूद्ध अपहेलना मुद्दा दर्ता
-
धनुषाको सीमावर्ती क्षेत्रबाट सात वर्षीया बालिकाको उद्धार
-
महिला लिग फुटबल : पुलिस र वालिङले बराबरी खेल्दै अंक बाडे
-
विप्लव समूहका विद्यार्थी नेता श्रेष्ठ चितवनबाट पक्राउ
-
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
-
‘केटू’ हिमाल आरोहण गर्ने आरोहीलाई काठमाडौंमा स्वागत
-
भारतले ७२ औँ गणतन्त्र दिवस मनाउँदै
-
राष्ट्रिय एकद्वार प्रणाली आजदेखि शुरु गरिँदै