सांसद पाण्डेले लिए पद तथा गोपनीयताको शपथ

सांसद पाण्डेले लिए पद तथा गोपनीयताको शपथ
सोमवार, मंसिर ८, २०७७

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद मोहन पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले पाण्डेलाई पद तथा गोपनियताको शपथ गराएका हुन । पद तथा गोपनियताको शपथपछि सभामुख सापकोटाले सांसद पाण्डेलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको कात्तिक १७ गते निधन भएपछि उक्त पद रिक्त थियो । केसी खस आर्य कोटाबाट समानुपातिक सांसद बन्नुभएको थियो ।

पद तथा गोपनीयताको शपथ लिएपछि सांसद पाण्डेले देश र जनताका लागि काम गर्ने बताए । उनले संसदमा प्रतिपक्षीको भूमिकालाई शसक्त बनाउन लागिपर्ने बताए ।

उनले मुलुकको बिकासका लागि दलहरुबीचको एकता आवश्यक रहेको जिकिर गर्दै अहिले दलहरुलाई कमजोर बनाउने काम भइरहेको बताए ।