गौतमको ढुलमुले चरित्रले ओली र प्रचण्डको तानातानमा थापा

काठमाडौं – आन्तरिक विवादमा रुमलिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुवैले उपाध्यक्ष वामदेव गौतमलाई विश्वास गर्न नसक्दा गृहमन्त्री रामबहादुर थापाको साथ खोज्न थालेका छन्।
पार्टी एकताको पक्षमा उभिँदै आएका तथा ओली नेतृत्वको सरकार यथावत् रहनुपर्छ भन्दै आएका थापासँग आइतबार कार्यकारी अध्यक्ष दाहालले दुई घन्टा कुराकानी गरे। ओलीले पनि बेलाबेलामा थापासँग छुट्टै छलफल गरी साथ माग्दै आएका छन्। तर केही दिनयता दाहालले थापालाई लगातार खुमलटार बोलाएर आफूतिर खुल्न दबाब दिइरहेको स्रोतको दाबी छ।
तीन दिनअघि दाङ पुगेका बेला नेता गौतमले आफू कुनै गुटमा नरहेको बताएपछि दाहालले आइतबार बिहान थापालाई भेट्न खुमलटार बोलाएका थिए। दाहालले थापासँग कि ओलीतिर कि आफूतिर खुलेर लाग्नुपर्ने, अन्यथा लडाइँ वारपार नहुने र यसरी सधैं रहिरहन नसकिने भनाइ राखेका थिए।
तर थापाले कुनै जवाफ नदिएको स्रोतको भनाइ छ। ‘पार्टी उपाध्यक्ष गौतमलाई बालुवाटार र खुमलटार आफ्नो पक्षमा पार्ने विषयमा आश्वस्त हुन नसक्दा खुमलटारले थापाको साथ खोजेको हो,’ स्रोतले भन्यो। नेकपाको नौ सदस्यीय सचिवालयमा रहेका थापा कतै पनि खुलेर लागेका छैनन्।
‘आइतबार बिहान खुमलटार जानुभएको थियो, अध्यक्ष दाहालले उहाँलाई पार्टी दुई लाइन संघर्षमा गइसकेकाले एकातिर खुलेर लाग्न भन्नुभएको रहेछ,’ थापानिकट स्रोतले भन्यो, ‘उहाँले पार्टी एकता भाँडेर कहीं नपुगिने, महाधिवेशन आएपछि खुलेर कुरा गरिने तर अहिले चाहिँ पार्टी एकतालाई बचाएर लैजानुपर्ने दायित्व भएकाले दुवै अध्यक्षले छलफल गरेर अगाडि बढ्दा राम्रो हुने बताउनुभयो।’
दाहाल र थापाबीच प्रत्येक साता भेटघाट हुने भए पनि आइतबार भने अन्य दिनभन्दा लामो कुराकानी भयो।
यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।
-
भारतले अनुदान दिएको कोरोना विरुद्धको खोप आज नेपाल आइपुग्दै
-
४६ औँ अमेरिकी राष्ट्रपतिको पद सम्हाले लगत्तै बाइडनले उल्ट्याए ट्रम्प प्रशासनका नीति
-
बाइडेनले लिए अमेरिकाको ४६ औँ राष्ट्रपतिको शपथ (फोटोफिचर)
-
आज चन्द्रमा मेष राशिमा, पूर्व र उत्तर दिशाको यात्रा शुभ रहला
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ८ गते विहीबार )
-
यस्तो छ कोभिड विरुद्धको खोप ल्याउन भन्सार जाँचपासको प्रक्रिया
-
नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा फैलियो : डब्ल्यूएचओ
-
भोली नेपाल आउँदै कोरोनाविरुद्धको खोप (भिडियो रिपोर्ट)
-
नेप्से १५ अंकले बढ्यो, ६ अर्ब २१ करोडको कारोबार
-
अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ
-
नेपालमा थप ३१८ जनामा कोरोना संक्रमण, ६ जना को मृत्यु
-
खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही
-
भारत सरकारले दियो नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप
-
सुन र चाँदीका गहनासहित सर्लाहीबाट दुई जना पक्राउ
-
अमेरिकामा २ करोड ४८ लाखभन्दा धेरैमा कोरोना भाइरस संक्रमण
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ६ गते मंगलबार )
-
पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १ गते विहीबार )
-
बिहान खाली पेटमा भुलेर पनि खानु हुँदैन यी ६ खानेकुरा
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २१ गते मंगलबार )
-
अफ्रिका र बेलायतमा भेटिएको नयाँ प्रकृतिको कोरोना विश्वभर फैलने चिन्ता