सल्यानमा २४ घण्टा नबित्दै १९ जना कोरोना संक्रमित थपिए

सल्यानमा २४ घण्टा नबित्दै १९ जना कोरोना संक्रमित थपिए
सोमवार, मंसिर ८, २०७७

सल्यान । जिल्लामा स्वास्थ्यकर्मी, कर्मचारी र व्यापारी सहित १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

सल्यानमा २४ घण्टा नबित्दै प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा १९ जनामा कोरोना पुष्टि भएको हो।

पछिल्लो पटक ६० जनाको स्वाब संकलन परीक्षण गर्दा १९ जनाको रिर्पोट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ। आइतबार मात्र १२ जनामा कोरोना पुष्टि भएको थियो।

जिल्लामा हालसम्म ६ सय ४६ जनामा कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए। संक्रमित मध्ये ५ सय ५१ जना निको भएर घर फर्किसकेका छन्।