नेकपा भित्रको विवादमा कांग्रेसको कुनै सरोकार छैन : कांग्रेस नेता सिंह

नेकपा भित्रको विवादमा कांग्रेसको कुनै सरोकार छैन : कांग्रेस नेता सिंह
सोमवार, मंसिर ८, २०७७

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पाँच बर्षसम्म प्रतिपक्षमा बस्न जनताले दिएको म्यान्डेड अनुसार आफुहरु बिपक्षीकै भूमिकामा रहने बताएका छन् ।

आज ललितपुरमा आयोजित एक कार्यक्रममा नेता सिंहले नेकपा भित्रको विवादमा कांग्रेसको कुनै सरोकार नभएको भन्दै नयाँ सरकार गठनको हल्लामा कांग्रेसलाई नजोड्न समेत आग्रह गरे ।

नेता सिंहले प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुरलाई भेटको कुरासंग सत्ता राजनीतिको कुनै अर्थ नरहेको स्पष्ट पारे ।

नेता सिंहले महिनौंदेखि आन्तरिक कलह र कुर्सीको खेलमा सत्तारुढ दल नेकपा लागेकाले महामारीको बेला समेत जनताको समस्याप्रति सरकार बेखबर रहेको भन्दै आक्रोस पोखे ।

अहिले नेकपाको सरकारले संघीयताको मर्म र भावना बिपरित काम गरिरहेको र महामारीका बेला भ्रष्टाचारमै तल्लीन रहेको उनको आरोप थियो ।

फरक प्रसंगमा नेता सिंहले सरकारले पुराना तथा ईतिहास बोकेका पार्कहरुको नाम परिवर्तन गरि आफ्नो दलका नेताहरुको नामाकरण गर्न थालेको भन्दै आपत्ती जनाए ।