हास्य कलाकार सिंह दम्पती जमानतमा छुट्दै

हास्य कलाकार सिंह दम्पती जमानतमा छुट्दै
सोमवार, मंसिर ८, २०७७

एजेन्सी । भारतीय हास्य कलाकार भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई मुम्बई अदालतले जमानतमा छाड्न  अनुमति दिएको छ।

ड्रग्स केसमा सनिबार सिंह दम्पतीलाई प्रहरीले पक्राउ गरेको थियो। एनसिबीले १८ घण्टा सोधपुछ गरेपछि आइतबार बिहान भारतीका पति हर्ष लिम्बाचियालाई पनि पक्राउ गरेको थियो ।

भारतीको घर र अफिसमा ८६.५ ग्राम गाँजा भेटिएको थियो। भारतीले प्रहीलाई आफू पति हर्षसँग गाँजा लिने कुरा स्विकार गरेकी थिइन्।