विष्फोटक पदार्थसहित विप्लव नेतृत्व लमजुङ जिल्ला इन्चार्जसहित ६ जना कार्यकर्ता पक्राउ

विष्फोटक पदार्थसहित विप्लव नेतृत्व लमजुङ जिल्ला इन्चार्जसहित ६ जना कार्यकर्ता पक्राउ
सोमवार, मंसिर ८, २०७७

लमजुङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्जसहित ६ जना कार्यकर्ता पक्राउ परेका छन्।

लमजुङ प्रहरी कार्यालयले विष्फोटक पदार्थसहित उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए।

प्रहरीले सोमबार बिहान १ बजे दोर्दी गाउँपालिका वडा नम्बर ८ खिमचोक पाँचस्वाराबाट उनीहरूलाई पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा खटिएको टोलीले लमजुङका इन्चार्ज ४२ वर्षीय जंगबहादुर भण्डारी (आक्रोस)  र ४६ वर्षीय सेक्रेटरी बिलबहादुर गुरुङ (गौरव) लाई पक्राउ गरेको छ।

त्यस्तै, मध्यनेपाल नगरपालिका-४ का कमिटी सदस्य ६२ वर्षीय नारायणबहादुर कुँवर, राइनास नगरपालिका-६ का ३४ वर्षीय रबिन्द्र नखोला, २२ वर्षीय दुर्गालाल तामाङ र मध्यनेपाल नगरपालिका-१० का २६ वर्षीय सुजन थापा पक्राउ परेका छन्।

उनीहरूको झोलाबाट प्रहरीले विष्फोटक पदार्थ गरन्धक ५ सय ग्राम, बारूद ५ सय ग्राम, ५ केजी सोडा, १.५ मिटरको सेप्टी फ्युज लगायतका सामाग्री र पार्टीका पर्चा, रसिद, मोटरसाइकल बरामद गरेको छ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।