पछिल्लो २४ घण्टामा १ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ४३ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा १ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ४३ जना डिस्चार्ज
सोमवार, मंसिर ८, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ९८० जना कोरोना संक्रमित थपिएका छन् ।

१० हजार ३८१ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ९ सय बढिमा संक्रमण पुष्टि भएको हो ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोहि अबधिमा ३ हजार ४३ जना निको भएसंगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ८८४ रहेको छ ।