बर्दिबासमा भोलि बिहान ६ बजे सम्मका लागि निषेधाज्ञा

बर्दिबासमा भोलि बिहान ६ बजे सम्मका लागि निषेधाज्ञा
बुधबार, मंसिर १०, २०७७

महोत्तरी– महोत्तरीको बर्दिबासमा स्थानीय प्रशासनले बुधबार बिहान ९ बजे देखि बिहीबार बिहान ६ बजे सम्मको लागि निषेधाज्ञा जारी गरेकाे छ ।

६ वर्षीया बालिका गुलाब साह खातुनको हत्याकाे विरोधमा उत्रिएका महोत्तरी बर्दिबासका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा घाइते भएका एक जनाकाे मृत्यु भएपछि सम्भावित अप्रिय घटनालाई रोक्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकाे हाे ।

प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालका अनुसार पूर्वमा वार्ड नं १ को रातो खोला, पश्चिममा वार्ड नं ५ को माइस्थान, उत्तरमा वार्ड नं ३ को पाटु र दक्षिणमा वार्ड नं ८ को क्वार्टर चोकमा निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञाको अवधीभर यस क्षेत्रमा ५ जना भन्दा बढी भेला हुन पाइने छैन। निषेधाज्ञाकाे अवधिमा राजमार्ग भने सुचारू रहने प्रमुख जिल्ला अधिकारी कटुवालले बताएका छन् ।

यो पनि पढौं

बर्दिबासमा प्रहरीको गोली लागेका बुद्धिराजको मृत्यु