भारतमा ९२ लाखभन्दा बढीमा कोरोना भाइरस संक्रमण

भारतमा ९२ लाखभन्दा बढीमा कोरोना भाइरस संक्रमण
बुधबार, मंसिर १०, २०७७

काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्या ९२ लाख नाघेको छ ।

पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४४ हजारभन्दा बढी संक्रमित भएका छन् ।

थप ४४ हजार २७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या ९२ लाख २१ हजार ९९८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८६ लाख ४१ हजार ४०४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३४ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ४८९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ७४३ पुगेको छ ।