निषेधाज्ञाकै समयमा बर्दिबासमा ब्यापक प्रदर्शन

निषेधाज्ञाकै समयमा बर्दिबासमा ब्यापक प्रदर्शन
बुधबार, मंसिर १०, २०७७

महोत्तरी – ६ वर्षीया एक बालिकाको बलात्कारपछि भएको भनिएको हत्याको विरोधमा मंगलबारदेखि बर्दियामा जारी प्रदर्शन हिंसात्मक बनेको छ ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागि घाइते भएका बर्दिबास नगरपालिका( १ का सञ्जय न्यौपानेको मृत्यु भएपछि स्थानीयबासी अझ आक्रोशित बनेका छन् ।

न्यौपानेलाई शहीद घोषणा गर्नुपर्ने, क्षतिपुर्ति दिनुपर्ने, दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने लगायतका माग गर्दै स्थानीय बासिन्दाले प्रदर्शन चर्काएपछि स्थानीय प्रशासनले बिहानदेखि निषेधाज्ञा जारी गरेको छ ।

बिहान ९ बजेदेखि बिहिबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएपछि स्थानीयबासीले आन्दोलन रोकेका छैनन् । प्रदर्शनकारीले पूर्वपश्चिम र बीपी राजमार्ग नै अवरूद्ध पारेका छन् । निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शनकारीहरूले ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।