पछिल्लो २४ घण्टामा थप ३१४० जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ३१४० जना कोरोना संक्रमणमुक्त
बुधबार, मंसिर १०, २०७७

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ३१४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७ हजार९९८पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल र होम आइसोलेसनमै रहेर संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।