मूर्ति चोरीको आरोपमा श्रीमती पक्राउ परेपछि दीपक मनाङेले यस्तो लेखे

काठमाडौं– प्रदेश सांसद दीपक मनाङेकी श्रीमती दिक्छेन डोल्मालाई बहुमूल्य मूर्ति चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनलाई मकवानपुर प्रहरीले पदमपोखरीबाट पक्राउ गरेको थियो ।
दिक्छेनविरुद्ध जिल्ला अदालत कास्कीले पक्राउपुर्जी जारी गरेपछि मकवानपुर प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्की पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।
पोखरामा एक जनाको घरमा राखेको मूर्ति चोरेको आरोप डोल्मामाथि लागेको छ । उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले दिक्छेनलाई कास्की जिल्ला अदालतबाट बुधबार ७ दिनको म्याद लिई थुनामा राखेको जानकारी दिए।
उनले दिक्छेन सांसद गुरुङकी श्रीमती भए नभएको भन्नेबारे खुलाउन चाहेनन्। ‘कसकी श्रीमती हुनुहुन्छ भन्ने त बुझिएकै छैन, वयान लिएपछि मात्रै थाहा होला,’ उनले भने।
कात्तिक ८ गते डाँकाचोरी गरेको जाहेरी मंसिर ४ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको डिएसपी हमालले जनाए। २० लाख रुपैयाँ जतिका बहुमूल्य धातु र मूर्ति लगायत धनमाल लामाले डाँकाचोरी गरेको आरोप छ।
सांसद मनाङेले भने आफ्नी श्रीमती बदमास भएको प्रतिक्रिया दिएका छन्। उनले श्रीमती दिक्छेन पक्राउ परेको आफ्नो फेसबुक एकाउन्टबाट पुष्टि गरेका छन्।
‘ऊ बदमास हो,’ उनले भने, ‘मैले नै प्रहरीलाई भनेर पक्रन लगाएको हो।’ डेढ महिनादेखि हराइरहेको र पछि माइती हेटौंडाको पदमपोखरी बसेकी छन् भन्ने पत्ता लगाएर आफूले नै प्रहरीलाई खबर गरी पक्रन भनेको उनले बताए ।
‘मेरो श्रीमती हो भनेर उम्कन दिनुहुन्न,’ सांसद गुरुङले भने, ‘बदमासी गर्नेलाई सख्त कारबाही गर्नुपर्छ, नेताको श्रीमती हो, छोराछोरी हो, दाजुभाइ हो, आफन्त हो भनेर कसैलाई पनि छोड्न हुन्न।’
-
सवारी दुर्घटनामा तीनजनाको मृत्यु
-
प्रधानमन्त्री कप पुरुष क्रिकेट : दुईवटा खेल जारी
-
कोरोनाको खोपको लागि ‘ड्राई रन’को तयारी
-
त्रिविमा बेथितिः तलबमा वार्षिक ४ अर्बभन्दा बढी खर्च
-
रोजगारीका लागि ६ महिनामा बाहिरिए ७२ हजार नेपाली
-
नयाँ पाठ्यक्रम २०८० सम्ममा कार्यान्वयन
-
यस्तो रहने छ आजको मौसम
-
टोटेनहमको शानदार जित, लिभरपुल र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिए
-
अफगानिस्तानको सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या
-
आज पनि संसद विघटनविरुद्धको मुद्दाको सुनुवाइ हुँदै
-
निर्वाचन तयारीमा आयोग, ८ अर्ब खर्च हुने अनुमान
-
भारतमा २ दिनमा २ लाख २४ हजारले लगाए कोरोनाविरुद्धको भ्याक्सिन, ४४७ मा ‘साइडइफेक्ट’
-
चन्द्रमा मीन राशिमा, उत्तर र पश्चिम दिशाको यात्रा शुभ रहला
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ५ गते सोमबार )
-
इन्डोनेसियामा गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या ५६ पुग्यो
-
जनकपुर जान प्लेन चडेका यात्रुलाई बुद्ध एयरले पुर्यायो पोखरा
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
गृहमन्त्री थापालाई भेट्न मन्त्रीनिवास पुगे प्रचण्ड
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १ गते विहीबार )
-
बिहान खाली पेटमा भुलेर पनि खानु हुँदैन यी ६ खानेकुरा
-
जब जनकपुर उडेको जहाज पोखरा पुग्यो
-
सवारी दुर्घटनामा तीनजनाको मृत्यु
-
प्रधानमन्त्री कप पुरुष क्रिकेट : दुईवटा खेल जारी
-
आज प्रदेश २ मा सार्वजनिक बिदा
-
कोरोनाको खोपको लागि ‘ड्राई रन’को तयारी
-
त्रिविमा बेथितिः तलबमा वार्षिक ४ अर्बभन्दा बढी खर्च
-
रोजगारीका लागि ६ महिनामा बाहिरिए ७२ हजार नेपाली
-
नयाँ पाठ्यक्रम २०८० सम्ममा कार्यान्वयन
-
यस्तो रहने छ आजको मौसम
-
टोटेनहमको शानदार जित, लिभरपुल र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिए
-
अफगानिस्तानको सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या
-
आज पनि संसद विघटनविरुद्धको मुद्दाको सुनुवाइ हुँदै
-
निर्वाचन तयारीमा आयोग, ८ अर्ब खर्च हुने अनुमान
-
भारतमा २ दिनमा २ लाख २४ हजारले लगाए कोरोनाविरुद्धको भ्याक्सिन, ४४७ मा ‘साइडइफेक्ट’
-
चन्द्रमा मीन राशिमा, उत्तर र पश्चिम दिशाको यात्रा शुभ रहला
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ५ गते सोमबार )