जिल्ला कारागार चितवनबाट एक थुनुवा फरार

जिल्ला कारागार चितवनबाट एक थुनुवा फरार
शुक्रबार, मंसिर १२, २०७७

चितवन – जिल्ला कारागार चितवनका एक थुनुवा फरार भएका छन् ।

कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएका हुन् ।

उनका अनुसार साँझ ५ः३० बजे कैदीबन्दी गणनाका क्रममा बन्दीको सङ्ख्या कम भएपछि खोजी गर्दा उनी फरार भएको थाहा भएको हो ।

कालिका नगरपालिका–२ पदमपुर घर भएका ४५ वर्षीय उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।