पछिल्लो २४ घण्टामा थप १२३६ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १२३६ जना कोरोना संक्रमणमुक्त
शुक्रबार, मंसिर १२, २०७७

काठमाडौँ– पछिल्लो २४ घण्टामा थप १२३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख १० हजार ६७१ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ रहेको थियो ।