भारतीय विदेश सचिवको श्रृंगलाको अर्थपुण नेपाल भ्रमण (भिडियो रिपोर्ट)
गोरखा पुगेर पृथ्वीनारायण शाह सम्झिएर स्वदेश फर्किए श्रृंगला, कस–कसलाई भेटे ?

पुष्कर खतिवडा
काठमाडौं दुई दिने नेपाल भ्रमण आएका भारतीय विदेशसचिव हर्षवद्र्धन श्रृगंला शुक्रबार स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा बिहिबार नेपाल आएका श्रृंगला उच्चस्तरीय भेटको दौडधुपमा रहे । उनले बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र परराष्ट्रसचिव भरतराज पौडेलसँग भेटवार्ता गरे ।
भिडियो रिपोर्ट हेर्नुहोस् :
बिहिबार काठमाडौं उत्रिएका श्रृंगला समकक्षी भरतराज पौडेलसँग दुईपक्षिय भेटघाट गरे । सो भेटमा द्विपक्षीय सम्बन्धको पुनरावलोकन भएको थियो । पौडेलपछि श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेट गरे । भेटमा ज्ञवालीले नेपाल ऐतिहासिक दस्तावेज र प्रमाणका आधारमा सीमा विवाद समाधान गर्न चाहेको सन्देश दिए । जहाँ श्रृगंलाले वार्तामार्फत् राजनीतिक तहमा समाधान गर्ने जवाफ दिए ।
बिहिबारै श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरे । श्रृंगलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको सन्देश सुनाए । समकक्षीको सम्बन्ध सुधार चाहेको सन्देशको जवाफमा ओलीले नेपाल, भारतसँगको सम्बन्ध उच्च तहमा पुर्याउन चाहेको बताए ।
श्रृंगलाको उच्चस्तरीय भेट यतिमात्रमा सीमित रहेन, बिहिबारै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत शिष्टचार भेट गरे । भेटमा श्रृंगलाले एक वर्षयता दुई देश बीच देखिएका समस्याबारे भारत जानकार रहेको र त्यसलाई वार्ताबाट नै समाधान गर्नुपर्ने बताए । उनले भारतका राष्ट्रपतिले पठाएको सन्देश राष्ट्रपतिलाई सुनाएका थिए ।
राष्ट्रपतीसँगको भेटपछि श्रृंगलाले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरे । भेटमा रामचन्द्र पौडेल र कृष्ण सिटौलासमेत आमन्त्रित थिए । भेटमा देउवाले दुई देश बीचमा उच्च राजनीतिक तहको संवाद आवश्यक भएको बताए ।
बिहिबार उच्चस्तरीय भेटकालागी दौडधुप गरेका श्रृंगला शुक्रबार भने बिभिन्न कार्यक्रममा सीमित बने । शुक्रबार उनले एसियन इनस्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सको कार्यक्रममा भारतले कोरोना खोपका लागि काम गरिरहेको भन्दै खोप आए नेपालको समेत आवश्यकता पूरा गर्ने आश्वासन दिए ।
शुक्रबारै श्रृंगलाले गोरखामा भारतीय सहयोगमा निर्माण भएका आवासको हस्तान्तरण कार्यक्रममा सहभागीता जनाए । गोरखामा पुनर्निर्माण भएका तीन विद्यालय र भवनको उद्घाटन गर्न उनी गोरखा पुगेका थिए । त्यहाँ उनले आधुनिक नेपाल स्थापना गर्ने राजा पृथ्वीनारायण शाहको भूमिमा आउन पाउँदा आफू हर्षित भएको बताए ।
त्यसैगरी भारतीय सहयोगमा मनाङमा निर्माण भएको एक गुम्बाको काठमाडौंबाट नै उनले भर्चुअल उदघाट्न गरेका छन् । यसरी आफ्नो दुई दिने नेपाल भ्रमण सकेर श्रृंगला शुक्रबार अपरान्ह स्वदेश फर्किए । तर उनको भ्रमणले भने नेपालमा निकै चर्चा पाएको छ । श्रृंगलाको नेपाल भ्रमण र उच्चस्तरीय भेट निकै अर्थपुर्ण मानिएको छ ।
-
झापामा एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु
-
वैदेशिक रोजगारः दुई लाख फर्किदा, ४० हजार मात्र जान पाए
-
चोरको आँखा पल्सरमाः काठमाडौँमा दैनिक ४–५ वटा मोटरसाइकल चोरी
-
सप्तरीमा आगलागीमा परि चार घर नष्ट
-
घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
-
प्रतिनिधि सभा निर्वाचनका लागि ८ अर्ब खर्च लाग्ने अनुमान
-
सवारी दुर्घटनामा तीनजनाको मृत्यु
-
प्रधानमन्त्री कप पुरुष क्रिकेट : दुईवटा खेल जारी
-
कोरोनाको खोपको लागि ‘ड्राई रन’को तयारी
-
त्रिविमा बेथितिः तलबमा वार्षिक ४ अर्बभन्दा बढी खर्च
-
रोजगारीका लागि ६ महिनामा बाहिरिए ७२ हजार नेपाली
-
नयाँ पाठ्यक्रम २०८० सम्ममा कार्यान्वयन
-
यस्तो रहने छ आजको मौसम
-
टोटेनहमको शानदार जित, लिभरपुल र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिए
-
अफगानिस्तानको सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या
-
जनकपुर जान प्लेन चडेका यात्रुलाई बुद्ध एयरले पुर्यायो पोखरा
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
गृहमन्त्री थापालाई भेट्न मन्त्रीनिवास पुगे प्रचण्ड
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १ गते विहीबार )
-
बिहान खाली पेटमा भुलेर पनि खानु हुँदैन यी ६ खानेकुरा
-
जब जनकपुर उडेको जहाज पोखरा पुग्यो
-
झापामा एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु
-
वैदेशिक रोजगारः दुई लाख फर्किदा, ४० हजार मात्र जान पाए
-
चोरको आँखा पल्सरमाः काठमाडौँमा दैनिक ४–५ वटा मोटरसाइकल चोरी
-
सप्तरीमा आगलागीमा परि चार घर नष्ट
-
घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
-
प्रतिनिधि सभा निर्वाचनका लागि ८ अर्ब खर्च लाग्ने अनुमान
-
सवारी दुर्घटनामा तीनजनाको मृत्यु
-
प्रधानमन्त्री कप पुरुष क्रिकेट : दुईवटा खेल जारी
-
आज प्रदेश २ मा सार्वजनिक बिदा
-
कोरोनाको खोपको लागि ‘ड्राई रन’को तयारी
-
त्रिविमा बेथितिः तलबमा वार्षिक ४ अर्बभन्दा बढी खर्च
-
रोजगारीका लागि ६ महिनामा बाहिरिए ७२ हजार नेपाली
-
नयाँ पाठ्यक्रम २०८० सम्ममा कार्यान्वयन
-
यस्तो रहने छ आजको मौसम
-
टोटेनहमको शानदार जित, लिभरपुल र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिए