मापदण्डविपरीतका सबै क्रसर बन्द गर्न निर्देशन

काठमाडौं – सरकारले क्रसर तथा बालुवा प्रशोधन उद्योग सञ्चालनमा कडाइ गरेको छ। गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दुई साताअघि परिपत्र गरी मापदण्डविपरीतका क्रसर बन्द गर्न निर्देशन दिएको थियो। त्यहीअनुरूप विभिन्न जिल्लामा स्थानीय प्रशासनले अनुगमन गरी काम गरिरहेका छन्।
गृहका प्रवक्ता चक्रबहादुर बुढाले दर्तै नगरी सञ्चालन गरिरहेका, बस्तीलाई असर गर्ने क्रसर तत्काल बन्द गराउन निर्देशन दिइएको जानकारी दिए। नदीजन्य पदार्थको उत्खनन नियन्त्रणमा गृह, संघीय मामिला, वन, ऊर्जा र उद्योग मन्त्रालय जोडिएका छन्। यिनै मन्त्रालयसम्बद्ध मन्त्रीहरू सम्मिलित बैठकले दुई साताअघि तत्काल मापदण्डविपरीतका क्रसर बन्द गर्न लगाउने निर्णय गरेको थियो।
ठेक्का लगाउने, कर लिने र क्रसर उद्योग सञ्चालन अनुमति दिने काम संघीय मामिला मन्त्रालयले गर्दै आएको छ। मापदण्डअनुसार घना बस्ती र वन क्षेत्रको दुई किलोमिटरभित्रको दूरीमा बालुवा, ढुंगा र गिट्टी निकाल्न पाइँदैन। राजमार्गबाट ५ सय मिटर, सडक पुल तथा झोलुंगे पुलबाट एक किलोमिटर तल र ५ सय मिटरमाथि नदीजन्य पदार्थ उत्खनन गर्न पाइनेछैन।
संघीय मामिलाले साउनमा बनाएको मापदण्ड व्यावहारिक नदेखिएपछि परिमार्जन तयारीसमेत थालिएको छ। संघीय मामिलाले ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड ०७७ बनाएको थियो। पहाड र तराईमा सञ्चालित क्रसर उद्योगलाई फरक ढंगले सञ्चालन गर्न दिनुपर्ने भएकाले मापदण्ड परिमार्जन गर्न समय दिइएको बुढाले बताए।
कतिपय ठाउँमा राजनीतिक पहुँचका आधारमा दर्ताबिनै क्रसर सञ्चालित छन्। स्थानीय सरकार सञ्चालन ऐन ०७४ ले नदीजन्य र खानीजन्य पदार्थको उत्खनन र बिक्रीवितरणको व्यवस्था मिलाउने अधिकार गाउँपालिका र नगरपालिकालाई दिएको छ। प्रशासन र स्थानीय तहसँगको मिलेमतोमा अनियन्त्रित दोहन हुन थालेपछि केन्द्रबाटै अवैध क्रसर बन्द गर्न निर्देशन दिनुपरेको गृह स्रोत बताउँछ।
ढुंगा, गिट्टी उत्खनन, संकलन र वितरणको प्रबन्ध गर्न सम्बन्धित स्थानीय तहले वातावरणीय अध्ययन प्रतिवेदन तयार गरेर गाउँ र नगर कार्यपालिकाबाट स्वीकृत गराउनुपर्छ। अब यससँगै नदीजन्य पदार्थ उत्खनन गर्दा श्रममूलक प्रविधिको प्रयोग गर्नुपर्छ। मेसिनको प्रयोग गर्नुपर्ने भए वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लिखित सर्त र सीमाभित्र रहेर मात्र गर्नुपर्ने विषय मापदण्डमा उल्लेख छ।
ढुंगाखानी सञ्चालन गर्न कम्तीमा २० रोपनी निजी वा लिजमा जग्गा सम्बन्धित व्यवसायीको हुनुपर्छ। निजी उद्योगले उत्पादन गर्ने ढुंगा, गिट्टी र बालुवामा स्थानीय निकायले दर्ता तथा नवीकरण शुल्क लगाउन पाउने व्यवस्था नयाँ मापदण्डमा उल्लेख छ।
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
-
नेपालले कतारमा ‘टी-२० आई’ प्रतियोगिता खेल्ने
-
संसद पुनर्स्थापना माग्दै सडकमा आन्दोलन गर्नुको औचित्य छैन : अर्थमन्त्री पौडेल
-
संसद विघटनको विरोधमा काठमाडौँमा सिठी जुलुस
-
प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल-नेपाल पक्षको सिठ्ठी जुलुस
-
काठमाडौंस्थित भारतीय राजदूतावासले मनायो ७२ औं गणतन्त्र दिवस
-
सहिद धर्मभक्त माथेमाको शालिकमा श्रद्धाञ्जली अर्पण
-
भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्नेमा अर्थमन्त्रीको जोड
-
प्रतिनिधिसभा विघटन विरुद्धमा कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
-
माउन्ट के टू को सफल आरोहणले देशको गौरव बढाएको छ : प्रधानमन्त्री
-
स्काउटको सहकार्यमा ट्राफिक स्वयंसेवक परिचालन
-
नेता नेपालले भने– ओलीले चुनाव चिन्ह ‘बयलगाडा’ राखुन्, सूर्य हाम्रो हो
-
कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
-
थप ३०३ जनामा कोरोना पुष्टि
-
सेयर बजार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
-
राजदूत शाक्यले लगाईन कोरोनाविरूद्धको पहिलो खोप
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ६ गते मंगलबार )
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ८ गते विहीबार )
-
पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १२ गते सोमबार)
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १० गते शनिबार)
-
यस्तो देखियो मुख्यमन्त्री राई र मोडल शेर्पाबीचको विवाहको रौनक, जहाँ कलाकारदेखि प्रधानमन्त्रीसम्म थिए उपस्थित (फोटोफिचर)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक
-
नेपालले कतारमा ‘टी-२० आई’ प्रतियोगिता खेल्ने
-
संसद पुनर्स्थापना माग्दै सडकमा आन्दोलन गर्नुको औचित्य छैन : अर्थमन्त्री पौडेल
-
संसद विघटनको विरोधमा काठमाडौँमा सिठी जुलुस
-
प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल-नेपाल पक्षको सिठ्ठी जुलुस
-
काठमाडौंस्थित भारतीय राजदूतावासले मनायो ७२ औं गणतन्त्र दिवस
-
सहिद धर्मभक्त माथेमाको शालिकमा श्रद्धाञ्जली अर्पण
-
भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्नेमा अर्थमन्त्रीको जोड
-
प्रतिनिधिसभा विघटन विरुद्धमा कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
-
माउन्ट के टू को सफल आरोहणले देशको गौरव बढाएको छ : प्रधानमन्त्री
-
स्काउटको सहकार्यमा ट्राफिक स्वयंसेवक परिचालन
-
नेता नेपालले भने– ओलीले चुनाव चिन्ह ‘बयलगाडा’ राखुन्, सूर्य हाम्रो हो
-
कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
-
थप ३०३ जनामा कोरोना पुष्टि
-
सेयर बजार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
-
राजदूत शाक्यले लगाईन कोरोनाविरूद्धको पहिलो खोप