बुटवलमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

बुटवलमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु
शनिबार, मंसिर १३, २०७७

रूपन्देही – बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ।

बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुषको राति साढे ११ बजे र कपिलवस्तु गोरूसिंगेका ७४ वर्षीय वृद्धको शुकरबार राति मृत्यु भएको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले जानकारी दिए । बुटवलका पुरूषलाई मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यस्तै, कपिलवस्तुको गोरुसिङ्गेका वृद्धको राति १०स्२० बजे मृत्यु भएको डा. गौतमले जानकारी दिए। उनलाई मंसिर ९ गते संक्रमण पुष्टि भएको थियो।