छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
शनिबार, मंसिर १३, २०७७

काठमाडौं – प्रदेश-१ को सुनसरी र उदयपुरमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

सुनसरीको गडी गाउँपालिका– ३ स्थित भित्री सडक खण्डमा प्रदेश २–००१– त ०३११ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार राति साढे ८ बजेतिर भएको दुर्घटनामा ट्याक्टर चालक गडी– ४ का २७ वर्षीय सुवास साहको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा राति १०स्४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–१५ स्थित भित्री सडक खण्डमा पनि ट्याक्टरले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ । स १ त ५७९७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदल यात्रु १६ वर्षीय किशोर हिक्मत नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।