नीति निर्माणमा ध्यान दिन राष्ट्रियसभा अध्यक्षको जनप्रतिनिधिलाई आग्रह

नीति निर्माणमा ध्यान दिन राष्ट्रियसभा अध्यक्षको जनप्रतिनिधिलाई आग्रह
शनिबार, मंसिर १३, २०७७

काठमाडौं-राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संघ र प्रदेशका जनप्रतिनिधिहरुलाई बजेट बाँडफाँड भन्दा पनि नीति निर्माणमा ध्यान दिन आग्रह गरेका छन् ।

संघीय संसदको राष्ट्रियसभाका अधयक्ष, उपाध्यक्ष तथा प्रतिनिधिसभा र प्रदेश सभाका सभामुख उपसभामुखहरुको भेलामा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो आग्रह गरेका हुन् ।

संसद प्रभावकारी हुनलाई धेरै बजेट र विकाशे योजनाहरु आवश्यक नपर्ने उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले सांसदहरुको काम नीति निर्माण गर्ने मात्रै भएर स्मरण गराए ।

प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटले संघीय संसद र स्थानीय तहमा विस्तृत ऐन निर्माण भएपनि प्रदेशमा अझै निर्माण नभएको तर्फ ध्यानाकर्षण भएको बताए ।

प्रदेशमा पछि जतिसक्दो चाँडो विस्तृत ऐन निर्माणका लागि आफुहरुले सहयोग गर्ने उनले बताए ।

संघीय राजधानीमा दुईदिनसम्म चलेको भेलाले प्रदेश सभा सेवा समूह गठन गर्न पहल गर्ने निर्णय गरेको छ ।