कोरानाको तथ्यांक (मंसिर १३ ): २ लाख ११ हजार बढिले जिते कोरोना (भिडियो रिपोर्ट)

पछिल्लो २४ घण्टामा थप १ हजार ३८० संक्रमित, १९ को मृत्यु

कोरानाको तथ्यांक (मंसिर १३ ): २ लाख ११ हजार बढिले जिते कोरोना (भिडियो रिपोर्ट)
शनिबार, मंसिर १३, २०७७

पुष्कर खतिवडा
काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १९ जनाले ज्यान गुमाएका छन् । एकैदिन १९ को मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार ४ सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेभसाइटमा उल्लेख छ ।

शनिबार नेपालमा थप १ हजार ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार मात्रै १ हजार ७ सय ३ संक्रमित थपिएका थिए । शनिबार थपिएका संक्रमितसहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार काठमाडौं उपत्यकामा मात्र ३ सय ६० पुरुष र २ सय ८५ महिलासहित ६ सय ४५ जना संक्रमित थपिएका छन् । त्यसैगरी हालसम्म देशभरका प्रयोगशालामा १७ लाख १९ हजार ८ सय २८ नमुना परीक्षण गरिएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८३ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घन्टामा ५ सय १५ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । योसंगै हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ ।

भिडियो रिपोर्ट हेर्नुहोस्ः

त्यसैगरी स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्मका निको हुने संक्रमितको दर ९१ दशमलव ५३ प्रतिशत, सक्रिय संक्रमित दर ७ दशमलव ८४ प्रतिशत र मृत्यु शुन्य दशमलव ६३ प्रतिशत रहेको छ । नयाँ तथ्यांक सार्वजनिक भएसंगै कोरोना संक्रमित खराब मुलुकको सूचीमा विश्वभर ३३ औं स्थान पुगेको नेपाल बिस्तारै ओरालो लाग्दै ३७ औ स्थानमा पुगेको छ ।