यस्तो छ ‘नेपाल–चीन’बीचको ऐतिहासिक सम्बन्ध

काठमाडौँ– नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध पाँचौँ शताब्दीदेखि अविच्छिन्न कायम रहेको छ ।
त्यसपछि सातौँ शताब्दीताका लिच्छवि राजकुमारी भृकुटीको विवाह तिब्बतका स्रङचङ गम्पोसँग भएपछि पारिवारिक नाता पनि जोडिएको हो ।
त्यसपछि १३औँ शताब्दीमा नेपालका कलाकार अरनिकोले चीनमा नेपाली प्यागोडा शैलीलाई चर्चित बनाएका थिए । बौद्ध धर्मावलम्बी राष्ट्रका रूपमा रहेको चीन गौतम बुद्धका कारण पनि नेपालसँग धार्मिक हिसाबले निकट छ ।
बुद्धभूमि नेपालमा हुनु र चीनको अत्यधिक जनसङ्ख्या बौद्धमार्गी हुनु महìवपूर्ण सम्बन्धको डोरी नै मानिन्छ । बुद्धले महापरिनिर्वाण प्राप्त गरेपछि उनको एक औँला चीनको एक प्रान्तमा अझै पनि भगवान्को अवशेषका रूपमा सुरक्षित रहेको विज्ञहरू बताउँछन् ।
प्राचीन चीनका जिन वंशजका चिनियाँ भिक्षु फा जियानको भ्रमण र टान वंशजका भिक्षु जुआन ज्याङको भ्रमणलाई नेपाल–चीन सम्बन्धमा इतिहासका उल्लेखनीय घटना मानिन्छ । नेपाल र चीनका सरकार प्रमुखबीच ऐतिहासिक कालखण्डमा ११४ वर्षसम्म कोसेली आदानप्रदान भएको इतिहास छ ।
दुई देशले सन् १९५५ अगस्ट १ मा कूटनीतिक सम्बन्धलाई औपचारिकता दिएपछि द्विपक्षीय कूटनीतिक मर्यादामा रही सम्बन्ध अगाडि बढ्दै आएको छ । दुवै देशले आपसी सम्बन्धमा मैत्रीभाव, समझदारी, आपसी सहयोग र सहकार्य गर्दै आएका छन् ।
यसैगरी दुवै देशले एकअर्काको सम्मानलाई मुख्य रूपमा प्राथमिकता दिँदै आएका छन् । पछिल्लो ६५ वर्ष लामो आधुनिक सम्बन्धमा असल छिमेकीपनका साथ सुख–दुःखमा एकअर्काको साथमा रहँदै आएका छन् ।
नेपालको चीनसँग उत्तरतर्फ एक हजार ४१४ किलोमिटर साँध सिमाना जोडिएको छ । त्यसलाई विभिन्न समयमा भएका सन्धि सम्झौताले सम्बन्धलाई सुमधुर बनाउँदै लगेको छ । व्यापारिक सम्बन्धतर्फ भने सन् १८५६ को थापाथली सन्धिअघि नै ल्हासामा नेपालका वकिल बस्थे । पछि चीनको स्वशासित क्षेत्रभित्र तिब्बत रहन थालेपछि सन् १९५६ देखि नै तिब्बतमा नेपालको महावाणिज्यदूत रहेको छ ।
चीन विश्वको शक्तिशाली राष्ट्र बन्ने दिशामा अग्रसर छ । गत वर्ष चीनका राष्ट्रपति सी चिनफिङ र विदेशमन्त्री वाङ यीको उच्च स्तरीय भ्रमण नेपालमा भएको थियो ।
गत वर्ष उहाँहरूले नेपालको भ्रमण गर्नुहुँदा अब नेपाल–चीन सँगसँगै विकासको बाटोमा केन्द्रित हुने उद्घोष गर्नुभएको थियो । उहाँले सहमति र सम्झौता गर्नेभन्दा पनि कार्यान्वयनमा विशेष जोड दिएर अगाडि बढ्नुपर्ने औँल्याउनु भएको थियो ।
त्यसबेला नेपाल चीन विकासको नयाँ खाका कोर्दै २० वटा समझदारी पत्रमा दुई देशका राष्ट्रपतिले हस्ताक्षर गर्नुभएको थियो । अघिल्लो वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको भ्रमण गर्नु हुँदा बहुआयामिक विकासका रूपमा रहेको बीआरआई परियोजनाको सदस्य बनेर विकास साझेदार बन्ने बाटो खुला गरेकी थिइन् ।
सन् २०१८ मा प्रधानमन्त्री केपी शर्मा ओलीले जुन १९ देखि २४ सम्म चीनको भ्रमण गरेकी थिइन् । चीनका प्रधानमन्त्री ली खच्याङको निमन्त्रणमा गएका प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सीसँग भेटवार्ता गरेका थिए ।
सो क्रममा द्विपक्षीय सम्बन्धलाई सुमधुर बनाउन थप पहल भयो । सोही समयमा रेल्वे परियोजना लगायतका १४ वटा विषयमा आपसी सहकार्य गर्ने सम्झौता भएको थियो । नौवटा सम्झौता भने नेपालको निजी तथा सार्वजनिक संस्था र कम्पनीसँग चिनियाँ संस्था र कम्पनीको सम्झौता भएको थियो ।
चिनियाँ टोलीले अन्तरदेशीय रेलमार्गको अध्ययन सकेर केरुङबाट काठमाडौँसम्म ८० किलोमिटर रेलमार्ग बनाउन गृहकार्य भइरहेको छ । नेपाल–चीनबीच ट्रान्स हिमालयन कनेक्टिभिटी, बीआरआई परियोजनालगायत दर्जनौँ विकास निर्माणका परियोजनामा काम भइरहेको छ । साथै भूकम्प पछिको पुनर्निर्माणमा सघाउँदै चीनले दरबार हाई स्कुल, मठमन्दिर, विमानस्थल, विभिन्न नाका निर्माण गरेर हस्तान्तरणसमेत गरिसकेको छ ।
परराष्ट्र मन्त्रालयको गत वर्षको वार्षिक प्रतिवेदनअनुसार नेपालमा प्रत्यक्ष लगानीकर्ताको हिसाबले चीन पहिलो मुलुक हो । दोस्रो उच्च लगानीको साझेदार भारत, तेस्रोमा अमेरिका, चौथोमा जापान र पाँचाँैमा यूएई रहेका छन् । आयाततर्फ उच्च पाँच साझेदारमा पहिलोमा भारत र दोस्रोमा चीन पर्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चादँनी हमालले लेखेकी छिन् ।
-
बुधबार बिहान १० बजे कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने
-
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अदालतको अवहेलनाको निवेदन
-
ओलीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने ‘दाहाल–नेपाल’ समूहको निर्णय
-
कृषिमा वैदेशिक लगानी भित्र्याउने निर्णयको विरोधमा प्रदर्शन
-
टेलिकमको सामान लुट्ने प्रहरी फन्दामा
-
प्रधानमन्त्री कप : बागमती प्रदेश सेमिफाइनल प्रवेश
-
२७० जना कोरोना संक्रमित थपिए, ४०३ संक्रमणमुक्त
-
नेपालमा कोरोनाका कारण ज्यान गुमाउँनेको संख्या २ हजार नाघ्यो
-
खानेपानी मन्त्रीले अवलोकन गरे सुन्दरीजल क्षेत्रको सुरुङमार्ग
-
‘नबिल किताब जात्रा–२०७७’ सञ्चालन हुँदै
-
संसद विघटनलाई असंवैधानिक भन्नेहरु देश विरोधी हुन् : प्रधानमन्त्री
-
प्रदेश १ का मुख्यमन्त्री राई विवाह बन्धनमा बाँधिए
-
जनगणना २०७८ को लागि ४७ हजार कर्मचारी आव्हान
-
कोरोनाविरुद्धको ११ हजार डोज कर्णाली प्रदेशमा आउँदै
-
सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ६ गते मंगलबार )
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ८ गते विहीबार )
-
पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १० गते शनिबार)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १ गते विहीबार )
-
बिहान खाली पेटमा भुलेर पनि खानु हुँदैन यी ६ खानेकुरा
-
बुधबार बिहान १० बजे कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने
-
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अदालतको अवहेलनाको निवेदन
-
ओलीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने ‘दाहाल–नेपाल’ समूहको निर्णय
-
कृषिमा वैदेशिक लगानी भित्र्याउने निर्णयको विरोधमा प्रदर्शन
-
टेलिकमको सामान लुट्ने प्रहरी फन्दामा
-
प्रधानमन्त्री कप : बागमती प्रदेश सेमिफाइनल प्रवेश
-
२७० जना कोरोना संक्रमित थपिए, ४०३ संक्रमणमुक्त
-
नेपालमा कोरोनाका कारण ज्यान गुमाउँनेको संख्या २ हजार नाघ्यो
-
खानेपानी मन्त्रीले अवलोकन गरे सुन्दरीजल क्षेत्रको सुरुङमार्ग
-
‘नबिल किताब जात्रा–२०७७’ सञ्चालन हुँदै
-
संसद विघटनलाई असंवैधानिक भन्नेहरु देश विरोधी हुन् : प्रधानमन्त्री
-
प्रदेश १ का मुख्यमन्त्री राई विवाह बन्धनमा बाँधिए
-
जनगणना २०७८ को लागि ४७ हजार कर्मचारी आव्हान
-
कोरोनाविरुद्धको ११ हजार डोज कर्णाली प्रदेशमा आउँदै
-
सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?