बर्नलीको पोस्टमा म्यानचेस्टर सिटीको ५ गोल, रियादले गरे ह्याट्रिक

बर्नलीको पोस्टमा म्यानचेस्टर सिटीको ५ गोल, रियादले गरे ह्याट्रिक
आइतवार, मंसिर १४, २०७७

एजेन्सी– शनिबार राति भएको इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गतको खेलमा म्यानचेस्टर सिटी ५–० ले विजयी भएको छ ।

सिटीले बर्नलीलाई आफ्नै मेदानमा विशाल गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा रियाद महरेजले ह्याट्रिक पूरा गरे । ​​

महरेजले पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । उनले पहिलो हाफको ६ र २२ मिनेटमा गोल गरे भने दोस्रो हाफको ६९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

सिटीका लागि थप दुई गोल बेन्जामिन मेण्डी र फेरान टोरेसले गरे । मेण्डीले पहिलो हाफको ४१ औँ मिनेट गोल गरेका थिए भने टोरेसले ६६ औँ मिनेटमा अर्को गोल थपे । टोरेसलाई गोलका लागि केविन ब्रुयनाले सहयोग गरेका थिए ।

यो जितसँगै सिटीले १५ अंक जोडेको छ ।