बानेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बानेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
आइतवार, मंसिर १४, २०७७

काठमाडौँ– काठमाडौं बानेश्वरमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका ३१ मा दुई वटा मोटरसाइकल ठोक्किँदा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका घर भई कोटेश्वर बस्दै आएका २२ वर्षका सुदीप तिमल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर भद्रकालीमा उपचारको क्रममा मृत्यु भएको हो । शनिबार साँझ बा ३६ प ६५३१ र प्रदेश ३ ०२००६ प ८८०० नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुने तिमल्सिना प्रदेश ३ ०२००६ प ८८०० नम्बरको मोटरसाइकलका चालक हुन् । बा ३६ प ६५३१ नम्बरको मोटरसाइकलका चालकको भने ट्रमा सेन्टरमै उपचार भइराखेको छ ।