कोरोना संक्रमित क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना

कोरोना संक्रमित क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना
सोमवार, मंसिर १५, २०७७

काठमाडौं– कोरोना संक्रमित क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अस्पतालमा भर्ना गरिएको छ।

होम आइसोलेसनमा बसिरहेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको हो।

अवस्था सामान्य रहेकाे अस्पताल स्राेतले जनाएकाे छ। उनमा गत शुक्रबार काेराेना संक्रमण पुष्टि भएको थियो ।