पछिल्लो २४ घण्टामा थप २९ कोरोना संक्रमितको मृत्यु

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १५०८ पुग्यो

पछिल्लो २४ घण्टामा थप २९ कोरोना संक्रमितको मृत्यु
सोमवार, मंसिर १५, २०७७

काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि आईतवार २५ संक्रमितको मृत्यु भएको थियो । त्यस्तै १४७४ संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । जसमा १७ हजार ४२३ सक्रिय संक्रमित रहेका छन् ।