आजको शुभ साइत : पूर्वी दिशातर्फको यात्रा सुखद रहला

आजको शुभ साइत : पूर्वी दिशातर्फको यात्रा सुखद रहला
मङ्लबार, मंसिर १६, २०७७

ज्यो. हरि पन्त

साइत : आज चन्द्रमा वृष राशिमा छन् त्यसैले पूर्व बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज मंगलबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला ।

यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला ।

साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला

बिहान ६:३५ बजेदेखि ७:५४ बजेसम्म रोग बेला
बिहान ७:५४ बजेदेखि ९:१३ बजेसम्म उद्धेग बेला
बिहान ९:१३ बजेदेखि १०:३२ बजेसम्म चर बेला
बिहान १०:३२ बजेदेखि ११:५१ बजेसम्म लाभ बेला
बिहान ११:५१ बजेदेखि १:११ बजेसम्म अमृत बेला
दिनमा १:११ बजेदेखि २:२९ बजेसम्म काल बेला
दिउँसो २:२९ बजेदेखि ३:४९ बजेसम्म शुभ बेला
दिउँसो ३:४९ बजेदेखि ५:०८ बजेसम्म रोग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ३:०० देखि ४:३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।