जानीराखौं, यस्ता हुन्छन् ल्वाङका औषधीय गुण

जानीराखौं, यस्ता हुन्छन् ल्वाङका औषधीय गुण
मङ्लबार, मंसिर १६, २०७७

काठमाडौं– ल्वाङ मसलाको रुपमा मात्र नभई विभिन्न औषधीको रुपमा समेत प्रयोग हुने गरेको छ । जसको प्रयोग गर्दा सामान्य समस्याका कारण दुखाई वा पीडा लिएर बस्नुपर्ने अवस्थाको अन्त्य हुन्छ ।

ल्वाङको प्रयोगले दाता दुखेको, रुघा ज्वरो आएको, मुखमा घाउ आएको, टाउको दुखाइ लगायतका समस्या समाधानका लागि निकै फाइदाजनक हुन्छ ।

कसरी गर्ने प्रयोग

रुघा र ज्वरो : यसका लागि एक लिटर पानीमा १० वटा ल्वाङ राखेर उमाल्ने र मनतातो पानी पिउने ।

जुका : जुका परेको छ भने ३–४ वटा ल्वाङ पिसेर एक चम्चा महमा मिसाएर ३–४ दिन खाने ।

टाउँको दुखाई :१० वटा ल्वाङ पिसेर नरिवलको तेलमा मिसाउने र टाउको दुखेको समयमा मालिस गर्ने ।

मुखमा घाउः मुखमा घाउ भएको खण्डामा ३–४ दाना ल्वाङ मुखमा लिने

दात दुखे : ४–५ वटा ल्वाङ पिस्ने र कागतिको रसमा मिसाएर दुखेको दातमा लगाउने ।

पेटको ग्यास : पेटमा ग्यास भरिएमा एक कप पानीमा ३ वटा ल्याङ पिसेर हाल्ने र मनतातो पानी खोन यसो गर्दा ग्यासको समस्याबाट मुक्ति पाइन्छ ।