श्वेता अग्रवालसँग आज विवाह गर्दै आदित्य नारायण, को हुन् श्वेता ?

श्वेता अग्रवालसँग आज विवाह गर्दै आदित्य नारायण, को हुन् श्वेता ?
मङ्लबार, मंसिर १६, २०७७

एजेन्सी– कार्यक्रम उद्घोषक तथा गायक आदित्य नारायण पछिल्लो समय विवाहको विषयले चर्चामा छन् । उनी आज प्रेमिका श्वेता अग्रवालसँग विवाह बन्धनममा बाँधिदै छन् ।

उनको विवाहको विषयले पछिल्लो केही साता यता सामाजिक सञ्जालमा चर्चा पाएको हो । श्वेतासँग आदित्य निकै लामो समयदेखि सम्बन्धमा थिए ।

को हुन् त श्वेता ?

श्वेता अग्रवाल नायिका हुन् । श्वेताले आफ्नो करियर टिभी शो जस्तै बाबुल की दुआएं लेती जा (२०००), शगुन (२००१) र देखो मगर प्यार से (२००४) मा देखिइसकेकी छिन् ।

उनले स्टार प्लसको शो शगुनमा आरतीको भूमिका निभाएकी थिइन् । उनले फिल्ममा पनि अभिनय गरेकी छिन् । उनले प्रभास स्टारर फिल्म राघवेन्द्र (२००३) बाट डेब्यू गरिन् ।

उनी शर्ट फिल्म सुन साहिबा सुन (२००४) मा देखिएकी थिइन् । यसमा उपेन पटेल मुख्य भूमिकामा थिए ।

श्वेता टर्किस फिल्म मिरास (२००८) को पनि हिस्सा रहिन् । श्वेताले तंदूरी लव, शापितजस्ता फिल्ममा काम गरेकी छिन् । तंदुरी लभमा पाँच भाषा हिन्दी, अंग्रेजी, स्विस–जर्मन, जर्मन र फ्रेन्चमा रिलिज भयो ।

यसबाहेक उनी फिल्म शापितमा देखिएकी थिइन् । शापितमा आदित्य नारायणको अपोजिट श्वेताको भूमिका थियो । शापित आदित्य नारायणको मुख्य नायकको रुपमा पहिलो फिल्म थियो । यो फिल्मलाई विक्रम भट्टले निर्देशन गरेका थिए ।