भारतमा हालसम्म ९४ लाख ६३ हजारभन्दा बढीलाई कोरोना संक्रमण

भारतमा हालसम्म ९४ लाख ६३ हजारभन्दा बढीलाई कोरोना संक्रमण
मङ्लबार, मंसिर १६, २०७७

काठमाडौं– भारतमा पछिल्लो २४ घण्टामा ३१ हजार १७९ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

यो अवधिमा त्यहाँ ४८२ जनाको मृत्यु भएको छ। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित ९४ लाख ६३ हजार २५४ पुगेको छ।

तीमध्ये हालसम्म एक लाख ३७ हजार ६५९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। भारतमा ८८ लाख ८८ हजार ५९५ जना संक्रमणमुक्त भएका छन्।

अहिले त्यहाँ सक्रिय संक्रमित चार लाख ३७ हजार छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर बिरामी छन्।