आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं । सुनको भाउ आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ कायम गरिएको छ।

बिहीबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि ३०० रुपैयाँले बढेर ९२ हजार ४५० रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य प्रतितोला ५ रुपैयाले बढेर १ हजार २१० रुपैयाँ पुगेको महासंघले जनाएको छ।