कोभिड १९ पछि पर्यटक आकर्षित गर्न बिभिन्न कार्यक्रमहरु ल्याइने

कोभिड १९ पछि पर्यटक आकर्षित गर्न बिभिन्न कार्यक्रमहरु ल्याइने
शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मीले कोरोना महामारीपछि नेपालमा पर्यटकलाई आकर्षित गर्न बिभिन्न कार्यक्रमहरु ल्याइने बताए ।

आज पर्यटन बोर्डमा धन्सार डटकमको शुभारम्भ गर्दै बिभिन्न प्रबद्र्धनात्मक कार्यक्रमहरु बोर्डले तयार गरिरहेका पनि उनले जानकारी दिए ।

नेपालबाट बिभिन्न देशमा जाने बिद्यार्थीहरुलाई नेपालको पर्यटकीय क्षेत्रको जानकारीमुलक सामाग्री पठाउने कार्यक्रम प्रभावकारी भएको उनले भनाई छ ।

नेपालको पर्यटकीय क्षेत्रको प्रचारका लागि फोटो पत्रकाारहरुको भूमिका महत्वपूर्ण रहेकोले पर्यटन बोर्ड सहकार्य गरेर अघि बढ्ने जानकारी दिए ।

धन्सार डटकममा पर्यटन प्रवद्र्धन गर्न नेपाालको ऐतिहासिक भिडियो फोटो लगायतका सामाग्री हेर्न पाइने बताइएको छ ।