थप १ हजार २ सय ७२ जनामा संक्रमण पुष्टि, १ हजार ५ सय ७५ जनाले जिते कोरोना

थप १ हजार २ सय ७२ जनामा संक्रमण पुष्टि, १ हजार ५ सय ७५ जनाले जिते कोरोना
शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार २ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरना संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।

सोहि अवधिमा १ हजार ५७५ जना संक्रमण मुक्त भएसंगै हाल सम्म कोरोना जित्नेको संख्या २ लाख २१ हजार ८ सय ४७ पुगेको छ ।

अब नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ ।