हिजोभन्दा आज ३०३ सक्रिय सङ्क्रमित घटे

काठमाडौँ– देशभरमा बिहीबारभन्दा आज ३०३ सक्रिय सङ्क्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा एक हजार २७२ जना सङ्क्रमित हुँदा एक हजार ५७५ जना सङ्क्रमण मुक्त भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम भएको छ ।
थपिएका सङ्क्रमितमध्ये पुरुष ७८८ र महिला ४८४ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय सङ्क्रमणमुक्त भएका एक हजार ५७५ समेत गरी आजसम्म दुई लाख २१ हजार ८४७ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिले निको हुने दर ९२ दशमलव नौ प्रतिशत रहेको छ ।
आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार १४ रहेको मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव पाँच प्रतिशत छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या दुई लाख ३८ हजार ८६१ पुगेको छ ।
काठमाडौँ उपत्यकामा आज ६०६ सङ्क्रमित थप भएका छन् । जसमध्ये ३५९ पुरुष र २४७ महिला रहेका छन् । उपत्यकामा हाल काठमाडौँमा पाँच हजार ९९६, ललितपुर एक हजार २५५ र भक्तपुरका ५४० सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी आठ हजार ३१ नमूना परीक्षण भएको थियो । हालसम्म १७ लाख ७१ हजार ९५० नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसङ्ख्यामा ६० हजार ७२१ परीक्षण भएको बताइएको छ । हालसम्म पीसीआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव पाँच प्रतिशत छ ।
सक्रिय सङ्क्रमितमध्ये हाल १० हजार ३९४ होम आइसोलेसनमा छन् । प्रदेशअनुसार होम आइसोलेनमा रहनेको सङ्ख्या प्रदेश १ मा एक हजार ७७५, प्रदेश २ मा २४२, वाग्मती प्रदेश पाँच हजार ९७४, गण्डकी प्रदेश ४५९, लुम्बिनी प्रदेश एक हजार ३०२, कणार्ली प्रदेश ८४ र सुदुर पश्चिम प्रदेशमा ५५८ रहेको छ ।
देशभर आजसम्म ३२८ सङ्क्रमित आईसीयूमा रहेका छन् । प्रदेश १ मा २६, प्रदेश २ मा आठ, वाग्मती प्रदेशमा १२२, गण्डकी प्रदेशमा ८१ र लुम्बिनी प्रदेशमा ७५, कर्णाली प्रदेशमा नौ र सुदुर पश्चिम प्रदेशमा सात सङ्क्रमित आईसीयूमा रहेका छन् । त्यस्तै, प्रदेश १ मा आठ, प्रदेश २ मा एक, वाग्मती प्रदेशमा ३१, गण्डकी प्रदेश नौ र लुम्बिनी प्रदेश तीन र सुदूर पश्चिममा दुई गरी जम्मा ५४ सङ्क्रमित भेन्टिलेटरमा रहेका छन् ।
छ जिल्लामा ५०० बढी सङ्क्रमित
आजसम्म देशभरका ७७ जिल्लामध्ये छ जिल्लामा सङ्क्रमित ५०० बढी छन् भने मनाङ र डोल्पामा शून्य रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लाहरुमा झापा, मोरङ, ललितपुर, काठमाडौँ, भक्तपुर, र कास्की रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोभिडका कारण थप १६ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ५६७ पुगेको छ । जम्मा सङ्क्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव सात प्रतिशत हो । यो सङ्ख्या प्रति १० लाख पोजेटिभमा ५३ दशमलव सात हो ।
-
सहिद धर्मभक्त माथेमाको शालिकमा श्रद्धाञ्जली अर्पण
-
भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्नेमा अर्थमन्त्रीको जोड
-
प्रतिनिधिसभा विघटन विरुद्धमा कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
-
माउन्ट के टू को सफल आरोहणले देशको गौरव बढाएको छ : प्रधानमन्त्री
-
स्काउटको सहकार्यमा ट्राफिक स्वयंसेवक परिचालन
-
नेता नेपालले भने– ओलीले चुनाव चिन्ह ‘बयलगाडा’ राखुन्, सूर्य हाम्रो हो
-
कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
-
थप ३०३ जनामा कोरोना पुष्टि
-
सेयर बजार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
-
राजदूत शाक्यले लगाईन कोरोनाविरूद्धको पहिलो खोप
-
सर्वोच्चमा प्रधानमन्त्री ओलीविरूद्ध अपहेलना मुद्दा दर्ता
-
धनुषाको सीमावर्ती क्षेत्रबाट सात वर्षीया बालिकाको उद्धार
-
महिला लिग फुटबल : पुलिस र वालिङले बराबरी खेल्दै अंक बाडे
-
विप्लव समूहका विद्यार्थी नेता श्रेष्ठ चितवनबाट पक्राउ
-
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ६ गते मंगलबार )
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ८ गते विहीबार )
-
पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १२ गते सोमबार)
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १० गते शनिबार)
-
यस्तो देखियो मुख्यमन्त्री राई र मोडल शेर्पाबीचको विवाहको रौनक, जहाँ कलाकारदेखि प्रधानमन्त्रीसम्म थिए उपस्थित (फोटोफिचर)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक
-
सहिद धर्मभक्त माथेमाको शालिकमा श्रद्धाञ्जली अर्पण
-
भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्नेमा अर्थमन्त्रीको जोड
-
प्रतिनिधिसभा विघटन विरुद्धमा कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
-
माउन्ट के टू को सफल आरोहणले देशको गौरव बढाएको छ : प्रधानमन्त्री
-
स्काउटको सहकार्यमा ट्राफिक स्वयंसेवक परिचालन
-
नेता नेपालले भने– ओलीले चुनाव चिन्ह ‘बयलगाडा’ राखुन्, सूर्य हाम्रो हो
-
कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
-
थप ३०३ जनामा कोरोना पुष्टि
-
सेयर बजार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
-
राजदूत शाक्यले लगाईन कोरोनाविरूद्धको पहिलो खोप
-
सर्वोच्चमा प्रधानमन्त्री ओलीविरूद्ध अपहेलना मुद्दा दर्ता
-
धनुषाको सीमावर्ती क्षेत्रबाट सात वर्षीया बालिकाको उद्धार
-
महिला लिग फुटबल : पुलिस र वालिङले बराबरी खेल्दै अंक बाडे
-
विप्लव समूहका विद्यार्थी नेता श्रेष्ठ चितवनबाट पक्राउ
-
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?