अब खुल्लमखुल्ला गाँजा कारोबार होला त ? (भिडियो रिपोर्ट)
राष्ट्रसंघले हटायो गाँजामाथिको प्रतिबन्ध, के अब नेपालमा खेती हुन्छ ?

पुष्कर खतिवडा
काठमाडौं संयुक्त राष्ट्रसंघको लागूऔषधसम्बन्धी नियोगले गाँजा र गाँजाबाट बन्ने वस्तुलाई खतरनाक लागुपदार्थको सूचीबाट हटाएको छ । विश्व स्वास्थ्य संगठनको सिफारिसपछि राष्ट्रसंघले गाँजालाई प्राणघातक लागूऔषधको सूचीबाट हटाउँदै औषधिजन्य प्रयोजन र उपचारमा प्रयोग गर्न सम्बन्धित देशहरुका लागि बाटो खुला गरेको छ ।
भियनामा सम्पन्न नियोगको वार्षिक सम्मेलनमा २७ देशले समर्थन जनाएका थिए भने २५ देश विपक्षमा थिए । सो प्रस्तावमा नेपाललगायत अमेरिका, बेलायत, दक्षिण अफ्रिका, क्यानडा, अस्ट्रेलिया, फ्रान्स, इटाली, जर्मनी, भारतले पक्षमा मतदान गरे भने जापान, इराक, ब्राजिल, चीन, रूस, पाकिस्तानलगायतले विपक्षमा मतदान गरेका थिए । मतदानमा युक्रेन उपस्थित थिएन ।
गाँजामाथिको प्रतिबन्ध हटाउन नेपालमा प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले पहिलो पटक आवाज उठाएका थिए । राष्ट्रसंघले प्रतिबन्ध हटाएसंगै खतिवडाले यस कदमको खुलेर प्रसंसा गरेका छन् ।
यता राष्ट्रसंघीय लागुऔषधसम्बन्धी आयोगले सन् १९६१ महासन्धिको अनुसूची ४ मा रहेको गाँजालाई अनुसूचीमा १ मा छुट्टै राख्ने गरी संशोधन मात्र गरेको भन्दै गाँजालाई वैधानिकता प्राप्त नभएको तर्क गर्छन् लागुऔषधको बिषयमा जानकार पूर्वडीआइजी हेमन्त मल्ल ।
सन् १९६१ देखि खेती गर्न, ओसारप्रसार र सेवन गर्न प्रतिबन्ध लगाइएको गाँजालाई करिब ५९ वर्षसम्म उपचारमा प्रयोग गर्नसमेत कडा प्रतिबन्ध लगाइएको थियो । पूर्वडिआइजी हेमन्त मल्ल अझैपनि गाँजा प्रतिबन्धित हुनुपर्नेमा जोड दिन्छन् । उनका अनुसार गाँजाले स्वास्थ्य, समाज र आर्थिक पक्षमा समेत हानी पार्दछ ।
गाँजा प्रतिबन्ध गर्नुपर्ने हेमन्त मल्लको तर्कसंग सहमत छैनन् सांसद खतिवडा । उनी नेपाली समाजमा पूर्खाैदेखि तरकारी, औषधि लगायतका महत्वपुर्ण काममा गाँजा प्रयोग हुदै आएकोले वैधानिक ढंगले खेती गरे किसानहरुको समेत आयआर्जन बढ्ने तर्क गर्छन् ।
भिडियो रिपोर्ट हेर्नुहोस्ः
कुनै समय नेपालमा गाँजाको बजार दक्षिण एसियाकै उत्कृष्ट मानिथ्यो । नेपालमा गाँजाको वैधानिक खपतताका हिप्पीहरु नेपाल आउने गर्दथे । यसैबीच अन्तर्राष्ट्रिय दबावकै कारण २०३३ सालमा लागुऔषध नियन्त्रण ऐन ल्याएर नेपाल सरकारले गाँजा प्रतिबन्ध लगायो । ऐन आएपछि नेपालमा गाँजाले विदेशी मुद्रा तान्न छोड्यो । तर यस पटक राष्ट्रसंघले प्रतिबन्ध फुकुवा गरेसंगै गाँजाको वैधानिकताबारे बहस फेरी चुलिएको छ ।
-
प्रतिनिधिसभा विघटन विरुद्धमा कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
-
माउन्ट के टू को सफल आरोहणले देशको गौरव बढाएको छ : प्रधानमन्त्री
-
स्काउटको सहकार्यमा ट्राफिक स्वयंसेवक परिचालन
-
नेता नेपालले भने– ओलीले चुनाव चिन्ह ‘बयलगाडा’ राखुन्, सूर्य हाम्रो हो
-
कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
-
थप ३०३ जनामा कोरोना पुष्टि
-
सेयर बजार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
-
राजदूत शाक्यले लगाईन कोरोनाविरूद्धको पहिलो खोप
-
सर्वोच्चमा प्रधानमन्त्री ओलीविरूद्ध अपहेलना मुद्दा दर्ता
-
धनुषाको सीमावर्ती क्षेत्रबाट सात वर्षीया बालिकाको उद्धार
-
महिला लिग फुटबल : पुलिस र वालिङले बराबरी खेल्दै अंक बाडे
-
विप्लव समूहका विद्यार्थी नेता श्रेष्ठ चितवनबाट पक्राउ
-
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
-
‘केटू’ हिमाल आरोहण गर्ने आरोहीलाई काठमाडौंमा स्वागत
-
भारतले ७२ औँ गणतन्त्र दिवस मनाउँदै
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ६ गते मंगलबार )
-
पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ८ गते विहीबार )
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १२ गते सोमबार)
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १० गते शनिबार)
-
यस्तो देखियो मुख्यमन्त्री राई र मोडल शेर्पाबीचको विवाहको रौनक, जहाँ कलाकारदेखि प्रधानमन्त्रीसम्म थिए उपस्थित (फोटोफिचर)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक
-
प्रतिनिधिसभा विघटन विरुद्धमा कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
-
माउन्ट के टू को सफल आरोहणले देशको गौरव बढाएको छ : प्रधानमन्त्री
-
स्काउटको सहकार्यमा ट्राफिक स्वयंसेवक परिचालन
-
नेता नेपालले भने– ओलीले चुनाव चिन्ह ‘बयलगाडा’ राखुन्, सूर्य हाम्रो हो
-
कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
-
थप ३०३ जनामा कोरोना पुष्टि
-
सेयर बजार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
-
राजदूत शाक्यले लगाईन कोरोनाविरूद्धको पहिलो खोप
-
सर्वोच्चमा प्रधानमन्त्री ओलीविरूद्ध अपहेलना मुद्दा दर्ता
-
धनुषाको सीमावर्ती क्षेत्रबाट सात वर्षीया बालिकाको उद्धार
-
महिला लिग फुटबल : पुलिस र वालिङले बराबरी खेल्दै अंक बाडे
-
विप्लव समूहका विद्यार्थी नेता श्रेष्ठ चितवनबाट पक्राउ
-
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
-
‘केटू’ हिमाल आरोहण गर्ने आरोहीलाई काठमाडौंमा स्वागत
-
भारतले ७२ औँ गणतन्त्र दिवस मनाउँदै