कहिले खुल्छ सवारी चालकको ट्रायल ? यातायात भित्र सेवाग्राहीलाई सास्ती (भिडियो रिपोर्ट)

पुष्कर खतिवडा
काठमाडौं – यातायात कार्यालयको लापरबाह र कर्मचारीको रुखो ब्यवहारले धेरै सेवाग्राही आजित बनेको समाचारहरु बारम्बार सम्प्रेषित गरेका छौ । तर यातायातको बेथिती यतिमात्रमा सिमित छैन । बर्षाैअघि शुल्क लिएर पनि स्मार्ट लाइन्सेन्स नदिने यातायातले झन् अहिले ट्रायल समेत खुलाएको छैन ।
बुधबार धादिङका हरिशरण अर्याल २०७६ माघमा दिएको ट्रायल पास भएपछिको लाइसेन्स लिन काठमाडौंको एकान्तकुनास्थित यातायात ब्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्रमा पुगेका थिए । अर्याल गतबर्षको माघयता पटकपटक लाइसेन्सका लिन यातायात कार्यालय धाउदै छन् । तर लाइसेन्स उनको लाइसेन्स परेको छैन ।
अर्याल मात्र होइन, भक्तपुर ठिमीका राजन प्रजापतीले पनि आफ्नो लाइसेन्सको नविकरण गर्न सास्ती भोग्नु परेको छ । प्रजापती, आफ्नो कामकालागी यो त्यो गर्दै याताया कार्यालयका कर्मचारीले आफुलाई धेरै शाखा डुलाइएको गुनासो गर्छन् ।
लाइसेन्सकै समस्या भोग्ने अर्का सेवाग्राही हुन् विजय मानन्धर । दुई वर्ष पहिले नै आवश्यक राजस्व तिर्दा समेत लाइसेन्स नविकरण नभएको र अझैसम्म लाइसेन्स हात नपरेको उनको गुनासो छ ।
यातायातबाट पाउने सेवामा सेवाग्राहीको गुनासो यतिमात्रमा सीमित छैन, अर्का सेवाग्राही राघव अग्रवालसमेत १ बर्षअघि नवीकरण गर्न दिएको लाइसेन्स अझै हात नपरेको गुनासो गर्छन् ।
लाइसेन्स सेवामा यी गुनासोहरु त प्रतिनिधि उदाहरण मात्र हुन् । बुधबार काठमाडौंको एकान्तकुनास्थित यातायात ब्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्रमा पुग्दा नवीकरण र बर्षाैअघि शुल्क बुझाएर स्मार्ट कार्ड नपाएको गुनासो गर्नेको भिड थियो ।
यसबारे हामीले कार्यालय प्रमुख सम्बरबहादुर कार्कीलाई सोध्यौ, शुल्क तिरेर पनि सेवाग्राही लाइसेन्स लिन घरीघरी किन धाउनु परेको हो ? स्मार्ट कार्ड दिन किन समस्या ? यस प्रशनको जवाफमा कार्की भने पुराना केहि लाइसेन्समा प्राविधिक गडबढीका कारणले प्रिन्ट नहुदा समेत सिस्टमले प्रिन्ट भएको देखाउने तर कार्यालयमा लाइसेन्स नआउदा समस्या भएको बताउँछन् ।
कोरोना महामारीका कारण बन्द रहेको सवारी साधनको लाइसेन्सको ट्रायल खुल्न नसकेको लामो समय भयो । सवारी कर, नवीकरण लगायत अन्य सरकारी सेवा सुरू भए पनि ट्रायल भने सुरू हुन सकेको छैन । आखिर कहिले खुल्छ त नयाँ लाइसेन्सको ट्रायल ? जवाफमा कार्की भने मन्त्रालयले ट्रायल खोल्ने सुचना नदिदासम्म तत्काल ट्रायल नखुल्ने बताउँछन् ।
तत्काल ट्रायल नखुल्ने मात्र होइन नयाँ लाइसेन्सकालागि लिखित परीक्षा दिनु नपर्ने हल्लामा समेत सत्यता नरहेको कार्की बताउँछन् । उनका अनुसार हरेक नयाँ परीक्षार्थीले पहिले झै अनिवार्य ट्रायलको लिखित परीक्षा दिनुपर्छ ।
भिडियो रिपोर्ट हेर्नुहोस्ः
यातायातको लापरबाह सरकारी कर्मचारीमा मात्रमा सीमित छैन । सेवाग्राहीले समेत केही नियमको उल्लघंन गरेका छन् । यातायातमा भिड हुनु नौलो कुरा होइन तर कोरोना महामारीका बेला सेवाग्राहीले स्वास्थ्य मापदण्ड त परको कुरा भौतिक दूरीसम्म कायम गरेका छैनन् । आखिर स्वास्थ्य माथिको यो लापरबाह कहिलेसम्म ?
-
नेकपा (दाहाल–नेपाल समूह)को तेस्रो चरणको आन्दोलन घोषणा
-
अस्पताल बनाउन बागलुङमा स्थानीयबासीले दिए निःशुल्क जग्गा
-
निर्वाचनको तयारी तीब्र, मतदाता अद्यावधिकको काम शुरु
-
टेलिकमको कर्मचारीको आवरणमा ब्याट्री लगायतका सामान बेच्ने चार जना पक्राउ
-
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
-
‘वर्तमान सरकार नै असंवैधानिक’
-
संसद विघटन : राजपत्रको विषयमा वादविवाद
-
जनगणनाका लागि ३९ हजार गणक र आठ हजार सुपरिवेक्षक करारमा लिइँदै
-
प्रधानमन्त्री ओली आज दाङ जाँदै
-
मेक्सिको–अमेरिकी सीमा नजिक १९ व्यक्ति मृत भेटिए
-
नेकपाको साबिककै विवरण कायम : दुवै पक्षले पाएनन् आधिकारिकता
-
यस्तो देखियो मुख्यमन्त्री राई र मोडल शेर्पाबीचको विवाहको रौनक, जहाँ कलाकारदेखि प्रधानमन्त्रीसम्म थिए उपस्थित (फोटोफिचर)
-
पूर्वलडाकुलाई सम्मान गर्ने निर्णयप्रति डा. भट्टराईको टिप्पणी : ‘पोहोर मरिन् सासू, ऐले आयो आँशु’ !
-
चन्द्रमा वृष राशिमा, दक्षिण दिशाको यात्रा तपाइँका लागि शुभ रहला
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १२ गते सोमबार)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ६ गते मंगलबार )
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ८ गते विहीबार )
-
पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १० गते शनिबार)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १२ गते सोमबार)
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
यस्तो देखियो मुख्यमन्त्री राई र मोडल शेर्पाबीचको विवाहको रौनक, जहाँ कलाकारदेखि प्रधानमन्त्रीसम्म थिए उपस्थित (फोटोफिचर)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक
-
नेकपा (दाहाल–नेपाल समूह)को तेस्रो चरणको आन्दोलन घोषणा
-
अस्पताल बनाउन बागलुङमा स्थानीयबासीले दिए निःशुल्क जग्गा
-
निर्वाचनको तयारी तीब्र, मतदाता अद्यावधिकको काम शुरु
-
टेलिकमको कर्मचारीको आवरणमा ब्याट्री लगायतका सामान बेच्ने चार जना पक्राउ
-
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
-
विश्वभर चार लाख ३४ हजार संक्रमित, ९ हजार बढीको मृत्यु