आजबाट लागू हुनेगरी बैंकहरुले ल्याए नयाँ ब्याज दर

काठमाडौं- चालू आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमास सुरु भएसँगै विभिन्न वाणिज्य बैङ्क, विकास बैङ्क र वित्तीय संस्थाले नयाँ ब्याज दर तय गरेका छन् । बैङ्कहरूले पुस १ देखि लागू हुनेगरी नयाँ ब्याज दर तय गरेका हुन् ।
गत साता नेपाल राष्ट्र बैङ्कले चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैङ्क तथा वित्तीय संस्थाले बचतमा दिइने र ऋणमा लिइने ब्याज दरबीचको अन्तर तोकेको थियो । राष्ट्र बैङ्कले कुल निक्षेपबाहेकको ब्याज प्रदान गरिने निक्षेप खाताहरूमा दिइने अधिकतम र न्यूनतम ब्याज दरबीचको अन्तर ५ प्रतिशत बिन्दुभन्दा बढी फरक हुन नहुने व्यवस्था गरेको छ । त्यसैअनुरूप नयाँ ब्याज दर आएको हो ।
एभरेस्ट बैङ्कले साधारण बचतमा २ देखि ४ प्रतिशतसम्मको ब्याज दर तोकेको छ । बैङ्कले २८ प्रकारका साधारण बचत योजना ल्याएको छ । त्यस्तै मुद्दती निक्षेपमा तीन महिनादेखि छ महिनासम्मका लागि व्यक्तिगततर्फ ५ र संस्थागततर्फ ५.५ प्रतिशत तोकेको छ । त्यस्तै छ महिनादेखि एक वर्षभन्दा कम अवधिका लागि ६ प्रतिशत र एक वर्षदेखि १० वर्षे अवधिका लागि ७ प्रतिशतसम्मको ब्याज दर तय गरेको छ । संस्थागत बल्क मुद्दती र संस्थागत विशेष मुद्दतीका लागि पनि ६.५ प्रतिशत ब्याजदर तोकेको छ ।
बैङ्कले सार्वजनिक गरेका तीनदेखि १० वर्षसम्मका कर्जा योजनाका लागि १०.३२ प्रतिशतदेखि १३.५७ प्रतिसम्मसम्मको ब्याज दर तोकेको छ । ती कर्जामा बेस रेट प्लस दुईदेखि बेस रेट प्लस ५ प्रतिशतसम्म पर्नेछ ।
नेपाल एसबीआई बैङ्कले अमेरिकी डलरसहित २७ प्रकारका बचत योजनामा १ देखि ३ प्रतिशतसम्मको ब्याज दर तोकेको छ । त्यस्तै मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ३ देखि ६.५ प्रतिशत र संस्थागत र विदेशी नियोगतर्फको ४ देखि ६ प्रतिशतसम्मको ब्याज दर तय गरेको छ । लगानीतर्फ बैङ्कले १२.५ प्रतिशतदेखि १४.५ प्रतिशतसम्मको ब्याज तय गरेको छ ।
एनआईसी एसियाले साधारण बचतमा १.५ प्रतिशत र मुद्दती निक्षेपमा ६.५ प्रतिशत ब्याज दर तोकेको छ । यसअघि ंबैङ्कले मुद्दतिमा ९.७५ प्रतिशतसम्म ब्याज दिँदै आएको थियो । नबिल बैङ्कले पनि विभिन्न अवधिको मुद्दती निक्षेपमा ४ देखि ८.१० प्रतिशतसम्म ब्याज दर तोकेको छ । बैङ्कले विभिन्न कर्जामा लिने ब्याज दर भने १०.३७ देखि ११.३७ प्रतिशतसम्मको तोकेको छ ।
१७ प्रकारका बचत योजना ल्याएको सनराइज बैङ्कले साधारण बचतमा २ देखि ३.५ प्रतिशसम्मको ब्याज दर तोकेको छ । विदेशी मुद्रा बचतमा पनि २ प्रतिशत ब्याज दर तय गरेको छ । बैङ्कले मुद्दतीमा भने ७ देखि ९.१० प्रतिशतसम्मको ब्याज दर सार्वजनिक गरेको छ । विभिन्न शीर्षकको कर्जामा १० देखि १३.५ प्रतिशतसम्मको ब्याज दर बैङ्कले तोकेको छ ।
माछापुच्छ«े बैङ्कले साधारण बचतमा २.५ देखि ४.५ प्रतिशतसम्मको ब्याज दर तोकेको छ । त्यस्तै मुद्दतीमा ७.२५ देखि ८.५० प्रतिशतसम्मको ब्याज दर तोकेको छ । बैङ्कले कर्जाको ब्याज दर भने सार्वजनिक गरेको छैन । मेगा बैङ्कले साधारणतर्फ २.५ देखि ४.५ प्रतिशतसम्मको ब्याज दर तोकेको छ । त्यस्तै मुद्दतीतर्फ ६.५ देखि ७.५ प्रतिशतसम्मको ब्याज दर तोकेको छ ।
विकास बैङ्कको पनि तोकियो
साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले पनि नयाँ ब्याज दर तोकेको छ । विभिन्न २१ प्रकारका बचत योजना ल्याएको बैङ्कले ४ देखि ५.५ प्रतिशतसम्मको ब्याज दर तोकेको छ । बैङ्कले मुद्दती निक्षेपमा भने ७ देखि ९.७५ प्रतिशतसम्मको ब्याज दर तोकेको छ । लामो अवधिको व्यक्तिगत निक्षेपमा भने १३ देखि १४.५ प्रतिशतसम्मको ब्याज दर घोषणा गरेको छ । कर्जामा पनि बैङ्कले ४ देखि ५.५ प्रतिशतसम्मको ब्याज दर तोकेको छ ।
महालक्ष्मी विकास बैङ्कले साधारण बचतमा ४ प्रतिशतसम्मको ब्याज दर कायम हुने जनाएको छ । मुद्दती निक्षेपमा भने समयावधि अनुसार ६.५ प्रतिशतदेखि ८.५ प्रतिशतसम्म रहेको जनाएको छ । यसअघि बैङ्कले मुद्दतीमा ९ प्रतिशतसम्म दिँदै आएको थियो । बैङ्कले विभिन्न कर्जामा घर तथा गाडी कर्जामा भने १०.९९ देखि १२.९९ प्रतिशतसम्म तोकेको छ ।
ज्योति विकास बैङ्कले साधारण बचतमा ४ देखि ५.५० प्रतिशतसम्मको ब्याज दर तोकेको छ । त्यस्तै मुद्दतीमा ६.५ देखि ८.५ प्रतिशतसम्मको ब्याज दर तोकेको छ । कर्जातर्फ भने बैङ्कले ११ देखि १३ प्रतिशतसम्मको कर्जा योजना सार्वजनिक गरेको छ । बैङ्कहरूसँगै विभिन्न सहकारी तथा फाइनान्स संस्थाले पनि नयाँ ब्याज दर तय गरेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
-
नेकपा (दाहाल–नेपाल समूह)को तेस्रो चरणको आन्दोलन घोषणा
-
अस्पताल बनाउन बागलुङमा स्थानीयबासीले दिए निःशुल्क जग्गा
-
निर्वाचनको तयारी तीब्र, मतदाता अद्यावधिकको काम शुरु
-
टेलिकमको कर्मचारीको आवरणमा ब्याट्री लगायतका सामान बेच्ने चार जना पक्राउ
-
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
-
‘वर्तमान सरकार नै असंवैधानिक’
-
संसद विघटन : राजपत्रको विषयमा वादविवाद
-
जनगणनाका लागि ३९ हजार गणक र आठ हजार सुपरिवेक्षक करारमा लिइँदै
-
प्रधानमन्त्री ओली आज दाङ जाँदै
-
मेक्सिको–अमेरिकी सीमा नजिक १९ व्यक्ति मृत भेटिए
-
नेकपाको साबिककै विवरण कायम : दुवै पक्षले पाएनन् आधिकारिकता
-
यस्तो देखियो मुख्यमन्त्री राई र मोडल शेर्पाबीचको विवाहको रौनक, जहाँ कलाकारदेखि प्रधानमन्त्रीसम्म थिए उपस्थित (फोटोफिचर)
-
पूर्वलडाकुलाई सम्मान गर्ने निर्णयप्रति डा. भट्टराईको टिप्पणी : ‘पोहोर मरिन् सासू, ऐले आयो आँशु’ !
-
चन्द्रमा वृष राशिमा, दक्षिण दिशाको यात्रा तपाइँका लागि शुभ रहला
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १२ गते सोमबार)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ६ गते मंगलबार )
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ८ गते विहीबार )
-
पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १० गते शनिबार)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १२ गते सोमबार)
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
यस्तो देखियो मुख्यमन्त्री राई र मोडल शेर्पाबीचको विवाहको रौनक, जहाँ कलाकारदेखि प्रधानमन्त्रीसम्म थिए उपस्थित (फोटोफिचर)
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक
-
नेकपा (दाहाल–नेपाल समूह)को तेस्रो चरणको आन्दोलन घोषणा
-
अस्पताल बनाउन बागलुङमा स्थानीयबासीले दिए निःशुल्क जग्गा
-
निर्वाचनको तयारी तीब्र, मतदाता अद्यावधिकको काम शुरु
-
टेलिकमको कर्मचारीको आवरणमा ब्याट्री लगायतका सामान बेच्ने चार जना पक्राउ
-
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
-
विश्वभर चार लाख ३४ हजार संक्रमित, ९ हजार बढीको मृत्यु
-
‘वर्तमान सरकार नै असंवैधानिक’
-
संसद विघटन : राजपत्रको विषयमा वादविवाद
-
जनगणनाका लागि ३९ हजार गणक र आठ हजार सुपरिवेक्षक करारमा लिइँदै
-
प्रधानमन्त्री ओली आज दाङ जाँदै
-
मेक्सिको–अमेरिकी सीमा नजिक १९ व्यक्ति मृत भेटिए
-
नेकपाको साबिककै विवरण कायम : दुवै पक्षले पाएनन् आधिकारिकता
-
यस्तो देखियो मुख्यमन्त्री राई र मोडल शेर्पाबीचको विवाहको रौनक, जहाँ कलाकारदेखि प्रधानमन्त्रीसम्म थिए उपस्थित (फोटोफिचर)
-
पूर्वलडाकुलाई सम्मान गर्ने निर्णयप्रति डा. भट्टराईको टिप्पणी : ‘पोहोर मरिन् सासू, ऐले आयो आँशु’ !
-
चन्द्रमा वृष राशिमा, दक्षिण दिशाको यात्रा तपाइँका लागि शुभ रहला