पूर्वराजाको सन्देश : मलाई दलहरूले राजा बनाएको होइन, जनताले हटाएको पनि होइन !

काठमाडौँ– ‘मलाई दलहरूले राजा बनाएको होइन र जनताले हटाएको पनि होइन ।’ निर्मल निवासमा पूर्व राजा ज्ञानेन्द्रको यस्तो भनाई सुनेर फर्किएकाहरु अचेल हौसिँदै आगामी चैतसम्म केही राजनीतिक परिवर्तन हुने उत्साहका साथ जुलुसमा जुट्न थालेका छन् ।
राप्रपाको राजनीतिमा त्यति धेरै सक्रिय नभएपनि राजतन्त्र पुनस्र्थापनामा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल समशेर राणालगायतका व्यक्तिहरू खुलेर अघि बढेका पाइन्छन् । गत शुक्रबार धवल समशेरहरूसँगको भेटमा ज्ञानेन्द्रद्वारा आफूलाई दलहरूले राजा नबनाएको धारणाप्रति भने नेताहरूले कडा प्रतिक्रिया जनाएका छन् ।
उनीहरूका अनुसार दुई दशकअघि दरबार हत्याकाण्डपछिको राजसभा बैठकमा तत्कालीन एमाले र नेपाली काँग्रेसले सदाशयतासाथ ज्ञानेन्द्रलाई नयाँ राजामा समर्थन गरेका थिए । त्यतिबेला प्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला र एमाले महासचिव तथा विपक्षी दलका नेता माधवकुमार नेपालसमेतको उपस्थितिमा ज्ञानेन्द्रलाई राजा वीरेन्द्रको उत्तराधिकारी छनौट गर्ने प्रस्तावमा समर्थन जनाइएको थियो ।
राजसभामा कांग्रेसबाट सभामुख बनेका तारानाथ रानाभाटसमेतको सहभागिता थियो । त्यतिबेला दलहरूले सहमति नजनाएको भए उनी राजा हुनै नसक्ने विगततर्फ अलिकति ध्यान दिन दलहरूले पूर्व राजालाई सुझाएका छन् ।
दलका नेताहरू भन्छन् ‘४ वर्षअघि यौटा परिस्थितिमा दलहरूले राजा बनाएका थिए, जनताको चाहना र भावना यही हो भन्दै उनैद्वारा पुनस्र्थापित प्रतिनिधिसभाको बलमा फेरि दलहरूले राजाबाट हटाइदिए ।’
कसैले पनि जनसमर्थनको दुहाइ दिन नमिल्ने तीतो वास्तविकता के हो भने जनताको चाहनाबमोजिम सत्ता हातमा लिन बाध्य भएको दाबी गर्ने ज्ञानेन्द्रले छोरा पारशलाई युवराज घोषणा गर्दासमेत जनआक्रोशको डरका कारण दशैं बिदाको सहारा लिनुपरेको थियो । यसबाट पनि पुष्टि हुन्छ– जनमत कहिल्यै स्थायी हुँदैन ।
अहिले राजावादीहरू उग्र हुनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘युज एण्ड थ्रो’ को सिद्धान्तले समेत काम गरेको बताइन्छ । तीन वर्षअघिको आमनिर्वाचनमा झापामा राजेन्द्र लिङ्गदेनसँग तालमेल गरेर ओलीले आफ्नो जित सुनिश्चित गर्नुभएको थियो । त्यसअघिको स्थानीय निर्वाचनमा पनि काठमाडौं महानगरको उपमेयरका निम्ति राप्रपाका राजाराम श्रेष्ठसँग तालमेल गरेर विद्यासुन्दर शाक्यलाई मेयरमा जिताइएकै हो । भलै, राजारामलाई हिस्स बनाएपछि त्यसको फाइदा काँग्रेसकी हरिप्रभा खड्गीले पाइन् ।
उतिबेला आफूमाथि घात भएपछि पनि राप्रपामा नै रहेका राजाराम उग्र कमल थापा बिरोधी हुन् । श्रेष्ठ राणाजस्तै ‘डाइहार्ड’ राजावादी बनेका छन् । नेपालगञ्जका मेयर धवलले यसबीच धेरैचोटी काठमाडौं आउँदै पूर्व राजा र उनी निकटस्थहरूसँग उठबस गरिसकेको बताइन्छ ।
राणा पछिल्ला दिनमा ज्ञानेन्द्रले पत्याएका थोरैमध्येको एक बनेका छन् । खुलेर कुरा गर्ने भएकाले पनि राजावादीहरूले धवल समशेरसँग बढी आशा गरेको बताइन्छ । पूर्व राजा ज्ञानेन्द्रले पनि चैतभित्र ठूलै उथलपथल हुने भएकाले धैर्यताका साथ आफ्नो कार्यक्रम अघि बढाउन राणालाई धाप मारेको कार्यकर्ताहरूको खासखुसमा सुनिन थालेको हो ।
आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
-
नेकपा (दाहाल–नेपाल समूह)को तेस्रो चरणको आन्दोलन घोषणा
-
अस्पताल बनाउन बागलुङमा स्थानीयबासीले दिए निःशुल्क जग्गा
-
निर्वाचनको तयारी तीब्र, मतदाता अद्यावधिकको काम शुरु
-
टेलिकमको कर्मचारीको आवरणमा ब्याट्री लगायतका सामान बेच्ने चार जना पक्राउ
-
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
-
‘वर्तमान सरकार नै असंवैधानिक’
-
संसद विघटन : राजपत्रको विषयमा वादविवाद
-
जनगणनाका लागि ३९ हजार गणक र आठ हजार सुपरिवेक्षक करारमा लिइँदै
-
प्रधानमन्त्री ओली आज दाङ जाँदै
-
मेक्सिको–अमेरिकी सीमा नजिक १९ व्यक्ति मृत भेटिए
-
नेकपाको साबिककै विवरण कायम : दुवै पक्षले पाएनन् आधिकारिकता
-
यस्तो देखियो मुख्यमन्त्री राई र मोडल शेर्पाबीचको विवाहको रौनक, जहाँ कलाकारदेखि प्रधानमन्त्रीसम्म थिए उपस्थित (फोटोफिचर)
-
पूर्वलडाकुलाई सम्मान गर्ने निर्णयप्रति डा. भट्टराईको टिप्पणी : ‘पोहोर मरिन् सासू, ऐले आयो आँशु’ !
-
चन्द्रमा वृष राशिमा, दक्षिण दिशाको यात्रा तपाइँका लागि शुभ रहला
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १२ गते सोमबार)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ६ गते मंगलबार )
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ८ गते विहीबार )
-
पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १० गते शनिबार)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १२ गते सोमबार)
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
यस्तो देखियो मुख्यमन्त्री राई र मोडल शेर्पाबीचको विवाहको रौनक, जहाँ कलाकारदेखि प्रधानमन्त्रीसम्म थिए उपस्थित (फोटोफिचर)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक
-
नेकपा (दाहाल–नेपाल समूह)को तेस्रो चरणको आन्दोलन घोषणा
-
अस्पताल बनाउन बागलुङमा स्थानीयबासीले दिए निःशुल्क जग्गा
-
निर्वाचनको तयारी तीब्र, मतदाता अद्यावधिकको काम शुरु
-
टेलिकमको कर्मचारीको आवरणमा ब्याट्री लगायतका सामान बेच्ने चार जना पक्राउ
-
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
-
विश्वभर चार लाख ३४ हजार संक्रमित, ९ हजार बढीको मृत्यु