बलिउड अभिनेता बच्चनलाई कविता चोरीको आरोप ! 

बलिउड अभिनेता बच्चनलाई कविता चोरीको आरोप ! 
शुक्रबार, पुस १०, २०७७

एजेन्सी– बलिउड अभिनेता अमिताभ बच्चनलाई कविता चोरी गरेको आरोप लागेको छ ।

अमिताभले गत बुधबार सामाजिक संजालमा पोष्ट गरेको चिया बारेको कविता विवादमा परेको छ । अमिताभले कविता पोष्ट गरेपछि एक महिला टीशा अग्रवाल नाम गरेकी कवयित्रीले सो कविता आफ्नो भएको दाबि गरेकी छन् ।

अमिताभले पोष्ट गरेको कवितामा कमेन्ट गर्दै टीशाले भनेकी कविताको श्रेय आफूले पाउनु पर्ने बताएकी छन् । उनले भनेकी छन् – ‘जब अमिताभ बच्चनले तपाइको पोष्ट कपि गर्छन र क्रेडिट पनि दिदैन भने अब खुशी हुने की रुने ?’

टीशाले सो कविता गत अप्रिल २४ मा आफ्नो फेसबुकमा पोष्ट गरेको बताएकी छन् ।

अमिताभले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

यस्तो छ अमिताभले सेयर गरेको कविता

FB 2791 – थोड़ा पानी रंज का उबालिये
खूब सारा दूध ख़ुशियों का
*थोड़ी पत्तियां ख़यालों की..*

थोड़े गम को कूटकर बारीक,
हँसी की…

Posted by Amitabh Bachchan on Wednesday, 23 December 2020