स्वास्थ्यमा समस्या देखिएपछि रजनीकान्त अस्पताल भर्ना

स्वास्थ्यमा समस्या देखिएपछि रजनीकान्त अस्पताल भर्ना
शुक्रबार, पुस १०, २०७७

एजेन्सी-स्वास्थ्यमा समस्या देखिएपछि भारतीय चलचित्र क्षेत्रका सुपरस्टार रजनीकान्त अस्पताल भर्ना भएका छन्।

उच्च रक्तचापको समस्या देखिएपछि उनलाई हैदरावादस्थित अपोलो अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनलाई अन्य स्वास्थ्य समस्या भने देखिएको छैन।