आजबाट हल खुल्यो दुई नेपाली र दुई हलिउड फिल्म प्रर्दशनमा

आजबाट हल खुल्यो दुई नेपाली र दुई हलिउड फिल्म प्रर्दशनमा
शुक्रबार, पुस १०, २०७७

पुष्कर खतिवडा

काठमाडौं – आजबाट नेपाली सिनेमाघरहरू सञ्चालनमा आएका छन् । कोरोना भाइरसको संक्रमण जोखिमका कारण गत चैत ११ यता बन्द भएको सबै क्षेत्र खुलेपनि सिनेमाघर सञ्चालनकालागी सरकारले अनुमती दिएको छैन । तर सरकारी अनुमती बिनै आजबाट सिनेमाघरहरु सञ्चालन आएका छन् ।

सिनेमा हल, व्यवसायी तथा वितरकहरूको संगठन नेपाल चलचित्र संघले सिनेमाघर सञ्चालनको निर्णय गरेको हो । उनीहरुले सरकारलाई दवाव दिन आन्दोलनका रुपमा सिनेमाघर खोलिएको बताउँछन् ।

चैतयता पहिलो पटक खुलेको सिनेमाघरमा निर्देशक दीपेन्द्र के खनालको फिल्म ’आमा’ र सीताराम कट्टेल धुर्मुसको ’सेन्टिभाइरस’ प्रर्दशनमा छन् । नेपाली फिल्मका अलावा हलिउड फिल्म ’ब्लड सट’ र ’द इन्भिजिबल म्यान’ समेत दर्शकले हेर्न पाउनेछन् ।

हल सञ्चालन गर्दा ५० प्रतिशत मात्र दर्शक राख्ने, स्वास्थ्यकर्मी खटाइने, अनलाइन बुकिङ, सामाजिक दूरी र आवश्यक परीक्षणपछि मात्र हल परिसरमा प्रवेशको प्रावधान राखिएको छ । यस अलावा प्रत्येक शोपछि हल डिस्इन्फेक्ट गर्ने, कर्मचारीहरूलाई पीपीइमा खटाउने लगायत विषयमा जोड दिइएको छ ।