अन्सिका शर्माले जितिन् मिस युनिभर्स नेपालको उपाधि

अन्सिका शर्माले जितिन् मिस युनिभर्स नेपालको उपाधि
बिहिबार, पुस १६, २०७७

काठमाडौँ– यस वर्षको मिस युनिभर्स नेपालको उपाधि अन्सिका शर्माले जितेकी छन्।

प्रतियोगितामा सुजिता बस्नेत पहिलो रनरअप बनिन्। दोस्रो रनरअप निनाकान्त मण्डल बनिन् भने तेस्रो रनरअप दीप्ता थापा बनिन्।

राजधानीको म्यारिअट होटलमा बुधबार साँझ भएको प्रतियोगितामा अष्ट्रेलियामा ६ वर्षसम्म अध्ययन गरेर फर्किएकी अन्सिका शर्माले मिस युनिभर्स नेपालको ताज पहिरिएकी हुन्।

मिस युनिभर्स नेपाल २०२० को बिजेता भएसँगै अन्सिकाले उपहारस्वरुप नगद रु २० लाख प्राप्त गरेकी छन् ।

यससँगै मिस युनिभर्सको ७० औं संस्करणमा नेपालका तर्फबाट अन्सिका शर्माले आधिकारीक सहभागिता जनाउने छिन् ।