राजनीतिको फोहरी खेलले जनतालाई सधै दुःख भयोः हरिवंश आचार्य

राजनीतिको फोहरी खेलले जनतालाई सधै दुःख भयोः हरिवंश आचार्य
शुक्रबार, पुस २४, २०७७

काठमाडौं-वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपाली राजनीतिको फोहरी खेलले जनतालाई दुःख दिइरहेको टिप्पणी गरेका छन् ।

कलाकार आचार्यले ४० वर्ष अगाडि आफूहरुले कलाकारिता शुरु गर्दा जस्तो अवस्था थियो अहिले व्यक्ति परिवर्तन भए पनि प्रवृत्ति परिवर्तन हुन नसकेको बताए ।

राजनैनिक विसंगतीले गुण्डा प्रवृत्तिका व्यक्ति संसदमा छिरेको पनि टिप्पणी गर्नुभयो ।

कलाकार आचार्यले भर्खरै समसामयिक राजनीतिलाई समेटेर एक व्यङ्ग्यमिश्रीत गीत पनि सार्वजनिक गरे ।

नेपालमा बढ्दै गएको भ्रष्ट्राचार र राजनीतिक अस्थिरतालाई लिएर गीत बनाइएको कलाकार आचार्यले बताए ।

चुनावमा राजनीतिक नेतृत्वले ठिक व्यक्ति छान्न नसक्दा राजनीतिमा सही व्यक्ति आउन नसकेको बुझाई पनि आचार्यको छ ।