शान्तिपूर्ण र विधिपूर्वक सत्ता हस्तान्तर गर्ने ट्रम्पको प्रतिवद्धता

शान्तिपूर्ण र विधिपूर्वक सत्ता हस्तान्तर गर्ने ट्रम्पको प्रतिवद्धता
शुक्रबार, पुस २४, २०७७

काठमाडौं-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा आफ्नो पराजय स्वीकारेका छन ।

अमेरिकी संसदमा बुधबार भएको हमलापछि ट्रम्पलाई राष्ट्रपति पदबाट तत्काल हटाउनु पर्ने माग चर्किएका बेला उनले चुनावमा आफ्नो पराजय स्वीकारेका हुन ।

अहिलेसम्म चुनावमा धाँधली भएको आधारहीन दाबी गर्दै आएका ट्रम्पले आज ट्वीटरमा एउटा भिडियो सन्देश जारी गर्दै भनेका शान्तिपूर्ण र विधिपूर्वक सत्ता हस्तान्तर गर्ने बताएका छन ।

ट्रम्पले वासिङ्टनमा भएको हिंसात्मक प्रदर्शनले आफूलाई दुखी तुल्याएको पनि बताएका छन ।

हिंसात्मक प्रदर्शनलाई रोक्न आफूले तत्काल नेसनल गार्ड र संघीय सुरक्षा निकायलाई परिचालन गरेको पनि ट्रम्पले दाबी गरेका छन ।

ट्रम्पले भिडियो सन्देश जारी गर्नुअघि अमेरिकी संसदको दुवै सदन सांसदहरुले उनलाई राष्ट्रपति पदबाट हटाउन माग गरेका थिए ।

तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ट्रम्पलाई जिम्मेवारीबाट नहटाइए उनीविरुद्ध महाअभियोगको प्रकृया शुरु गर्ने चेतावनी दिएकी थिइन ।

ट्रम्पले यही जनवरी २० मा राष्ट्रपति पद जो बाइडनलाई हस्तान्तरण गर्नुपर्नेछ ।